भारतले महत्वपूर्ण मित्र गुमायोः मोदी
काठमाडौं— नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनमा अन्तर्राष्ट्रिय समुदायले गहिरो दुःख व्यक्त गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोइरालाको निधनप्रति श्रद्धाञ्जली वक्तव्य दिँदै भारतले एक अत्यन्त महत्वपूर्ण मित्र गुमाएको उल्लेख गरेका छन्।
मंगलबार बिहान ट्विट गर्दै मोदीले कोइरालाको निधनले भारतले अत्यन्त महत्वपूर्ण मित्र गुमाएको उल्लेख गरेका हुन्। 'उनको निधनले दुःखी बनाएको छ। आत्माले शान्ति पावस्', उनले भनेका छन्।
कोइरालाको सरलताबाट हामी सबैले पाठ लिनुपर्ने उनले उल्लेख गरेका छन्। 'दुःखको यो घडिमा कोइराला परिवार नेपाली जनताप्रति दुःख व्यक्त गर्न चाहन्छु।'
यसैगरी अमेरिकी सहायक विदेशमन्त्री निसा विश्वालले कोइरालाको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेकी छन्।
'नेपालबाट दुःखद समाचार आयो। पूर्व प्रधानमन्त्री कोइरालाको निधनप्रति कोइराला परिवार र नेपाली जनताप्रति गहिरो दुःख व्यक्त गर्दछौं', उनले भनेकी छन्।
यसैगरी काठमाडौं स्थित भारतीय दूतावासले पनि कोइरालाको निधनमा दुःख व्यक्त गरेको छ।
/nagariknews
Post a Comment