कोइरालाकाे निधनले आफू स्तब्ध: दाहाल


माघ २६, २०७२- एमाओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशिल कोइरालाको निधनबाट आफू स्तब्ध भएको बताउँदै संविधान कार्यान्वय गर्ने अवस्थामा उनको निधनले मुलुकलाई ठुलो क्षति पुगेको बताएका छन् ।

आज बिहान धनकुटामा पत्रकार भेलामा कुरा गर्दै दाहालले सो कुरा बताएका हुन् । पछिल्लो समय संविधान कार्यान्वयनको चुनौतिबारे कोइरालासँग आफूँले अन्तरंग कुरा गरिरहेको अवस्थामा उहाँको निधनले नेपाली कांग्रेसलाई मात्र क्षति नभएर समग्र मुलुकलाई क्षति पुगेको धारणा राखे ।

पत्रकारसँग कुरा गर्दै दाहालले पछिल्लो समय वामपन्थी एकताको प्रसंग जोड्दै पछिल्लो समय वामपन्थी एकताको सरकार निर्माण पनि यसको एक स्वरुप भएको दाबि गरे । वामपन्थी एकताको श्रृंखला जारी रहेको भन्दै केहि समयपछि यसको मुर्तरुप सबैले देख्ने पनि उनको दाबि थियो ।

यसैगरी नयाँशक्ति नामको समुह मुलुकको सबैभन्दा बेकामे शक्ति भएको टिप्पणी गरे । मुलुकलाई खाल्डोमा पार्ने समुह बटुलेर तयार पारेको शक्ति कसरी नयाँ शक्ति उनले प्रतिप्रश्न गरे । उनले सरकारको टिप्पणी गर्नुपर्ने अवस्था नआएको भन्दै विसम अवस्थामा बनेको सरकारको धेरै चुनौति भएको बताए । प्रदेश नं. १ को कार्यकर्ता भेलाको उद्घाटन गर्न दाहाल धनकुटा पुगेका हुन् ।



.ekantipur
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget