मदिराको सुरमा यसरी भयो नेहाको हत्या

यौन प्रस्ताव अस्वीकार गर्दा  धर्म दाइले नै ज्यान लिए
पोखराः ‘साँझ साथीले पाटी दिएको छ तिमी पनि आउनुपर्छ’ भनेर २१ वर्षीया धर्मदाइ सतिश भनिने किर्तन खड्गीले निम्ता दिएपछि १८ वर्षीया नेहा पुन आफ्नो जिम्मेवारी सहकर्मीलाई सुम्पिएर न्यूरोडस्थित स्माइम क्याफेबाट निस्किइन् ।  


कृर्तन र नेहाका बुवा नभएकोले आपसमा नजिकिएका दुवैले सम्वन्धलाई बलियो पार्न धर्मदाइ र बहिनी बनेका थिए । पहिले पनि पार्टी र अन्य कार्यक्रममा सँगै जाने भएकाले त्यो दिन पनि नेहा सात बजे कृतनसँगै पुगेकी थिइन ।

कृतनका साथी हङकङ जानुअघि गत १८ गते सोमबार न्यूरोडस्थित ओपन टेबल रेस्टुरेण्टमा दिएको पार्टी मदिरासहित राति नौ बजेसम्म चल्यो । साथीहरु खाए पिएर घरतिर लागेपछि कृतनले नेहालाई मोटरसाइकलमा राखी घर छाडिदिन निस्किए ।

करिब पाँच किलोमिटर कटेपछि नेहाको घर नपुग्दै कृतनले मोटरसाइकल रोके । मदिराले मातिएका उनले नेहालाई घर नगई लेकसाइडतिर घुमौँ र त्यतै होटलमा बसेर सँगै रमाइलो गर्ने प्रस्ताव राखे । जसलाई उनले अस्वीकार गरिन् ।

किर्तनले दवाव दिन थालेपछि आक्रोशित नेहाले अश्लील गाली गर्दै प्रतिवाद गरिन् । आफूलाई गाली गरेकोमा कृतनले रिस थाम्न सकेनन र सामुन्ने रहेकी नेहालाई हेलमेटले टाउको पछाडि र अगाडि
हाने ।

चोट सहन नसकेर नेहा ढलिन् । मदिरा र काम बासनाले होस गुमाएका किर्तनको करणी गर्ने मनासाय परिवर्तन भइसकेको थिएन । अचेत भएर पल्टिएकी नेहाको पाइन्ट खोलेर करणी गर्न खोजे । तर नेहाको कान र नाकबाट रगत बगेको र बोलाउँदा पनि हलचल नगरेपछि किर्तन डराएर घरतिर फर्किए ।

पोखरा तातेको ‘नेहा हत्याकाण्ड’ को रहस्य खोल्दै सोमबार प्रहरीले यसरी घटनाक्रम सार्वजनिक गर्यो । शान्ति सुरक्षाको ग्यारेण्टी र हत्याका दोषिमाथि कडा कार्वाहीको माग राख्दै उर्लिएको मानव भीड सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीको गेट अगाडि जम्मा भएको थियो ।

नेहा मारिएकै अघिल्लो दिन पोखराको मासवारमा ४० वर्षीया सरस्वती लिम्बू हत्या भएको थियो । दुई दिनमै दुई महिलाको लगातार भएको हत्याले नगरका आमा समुह, अधिकारकर्मी र मगर समुदायले शान्ति सुरक्षामाथि प्रश्न उठाउँदै लगातार बिरोधमा उत्रिएका थिए ।

बाहिर गेटमा अभियुक्त सार्वजनिक गर्न दवाव दिँदै महिलाहरुको जुलुसले नाराबाजी गरिरहेका बेला भित्र कास्कीका प्रहरी प्रमुख उपरीक्षक हरिवहादुर पाल नेहा हत्याकाण्डबारे अहिलेसम्म फेला परेका तथ्य पत्रकारहरुलाई सुनाउँदै थिए ।

‘रक्सी खाएर मातेर राखेको करणी गर्ने प्रस्तावको चर्को विरोध गरेकोले नेहाको हत्या भएको अनुसन्धानबाट खुलेको छ,’ पालले भने ‘अन्य प्रमाणले पनि किर्तनलाई नै दोषी देखाउँछ ।’

हत्याकाण्ड अनुसन्धानको नेतृत्व गरेका प्रहरी नायव उपरीक्षक गजुसिद्वी बज्राचार्यले टाउकोमा गम्भीर चोट लागेकोले नेहाको मृत्यु भएको पोस्टमार्टमले देखाएको बताए ।


न्यूरोडस्थित पोखरा उपमहानगरपालिका कार्यालयको पश्चिमतर्फ घर भई नयाँबजारस्थित मामाको घरमा आमासँगै बस्दै आएका किर्तनले गेम हाउस चलाउँदै आएका थिए ।

यसअघि प्रहरीले पार्टीमा सहभागी अन्य दुई युवकलाई नियन्त्रणमा लिएपनि उनीहरुको संलग्नता नदेखिएको जनाएको छ । घटनाको भोलिपल्ट मंगलवार बिहान पौने सात बजेतिर पोखरा १५ नयाँ गाउँस्थित नेहाको घरदेखि ३ सय मिटर पूर्व शव देखिएको थियो ।

बिहान घुमफिर गर्न निस्केका छिमेकीहरुले कालो कपडाले ढाकेको शव देखेर हल्ला गरेपछि बुझ्न जाँदा आफन्तले नेहा भनेर पहिचान गरेका थिए । दिदी र आमासँगै बस्दै आएकी नेहाको मृत्युपछि आमा अझै मुच्र्छा परिरहने मामा यामप्रसाद पुनले बताए ।

नेहाले प्लस टुसम्म अध्ययन गरेकी उनले जानकारी दिए । नेहाले केही वर्ष पहिला बनेको मगर भाषाको चलचित्र ‘गाउला’ मा सह–नायिका र अर्को चलचित्रमा ‘यूँपा’ मा नायिकाको भूमिका निर्वाह गरेकी थिइन ।

म्याग्दीको खिमखोलाबाट पोखराको नयाँगाउँस्थित ऋषिमार्गमा आमा र दिदीसँग बस्दै आएकी उनी यरुना न्यूरोडस्थित स्माइल क्याफे एण्ड रेष्टुरेण्टमा फ्रण्ट डेस्कमा काम गर्थिन ।

रेष्टुरेण्टका प्रोपाइटर मेजन पुनले नेहा गाउँतिरकी चेली भएकीले पाँच महिनादेखि काममा राखेको जानकारी दिए । ‘नेहा सहयोगी र हकी स्वभावकी केटी थिइन,’ मेजनले भने, ‘गत सोमबार उनी क्याफेबाट पार्टीमा जानु छ भनेर सात बजे निस्किएकी रहिछन् ।

पार्टीमा जाँदा मोबाइल फोन विर्सेकीले ल्याण्डलाइनमा सोधपुछ गरेर उनी केहि समयपछि लिन आएकी थिइन् । साथीको स्कुटरमा आएकी नेहाले स्टार्ट पनि बन्द नगरि भित्र पसेर मोबाइल लिनेवित्तिकै बाहिरिएकी क्याफेका कामदारले बताएका उनले सुनाए ।

नेहा हत्याकाण्डको छानबिन गर्न प्रहरीले कास्कीका प्रहरी नायव उपरीक्षक गजुसिद्वी बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली खडा गरेको छ ।
annapurnapost

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget