भूकम्पको दुई दिनपछि ध्वस्त भवनबाट श्रीमान्–श्रीमतीको जीवितै उद्धार

काठमाडौं, माघ २५ । ताइवानमा शनिबार गएको शक्तिशाली भूकम्पमा भत्किएको भवनभित्र च्यापिएका एक दम्पतीलाई दुई दिनपछि जीवितै उद्धार गरिएको छ ।

श्रीमान्सँगै रहेकी महिलालाई पहिला ध्वस्त भवनबाट निकालिएको थियो भने केही समयपछि उनका पतिलाई उद्धार गरिएको थियो । तर, छेउमै रहेका उनीहरुका दुई वर्षीय छोराको भने मृत्यु भैसकेको थियो ।

ताइनान सहरमा गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण कम्तिमा ३८ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी अझैपनि भग्नावशेषमा च्यापिएको अनुमान गरिएको छ । (एजेन्सी)
imagekhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget