बंगलादेशविरुद्ध नेपाललाई चौथो सफलता

काठमाडौं : आईसीसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत शुक्रबार भएको क्वाटर फाइनल खेलमा नेपालले दिएको लक्ष्य पछ्याएको बंगलादेशले चार विटेक गुमाइसकेको छ ।

नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याएको बंगलादेशका पिंक घोस ३२ रनमा सुशील कँडेलबाट रनआउट भए । त्यसैगरी सैफ हसनलाई ५ रन बनाएको अवस्थामा नेपालका सुनिल धमलाले एलबीडब्लु धरापमा पारे ।


नजबुल हसन पनि ८ रनमै पेभेलियन फर्के । त्यसैगरी जोएराज शेख पनि ३८ रनमा आउट भएपछि नेपाली टिम उत्साहित भएको छ ।

ताजा अवस्थामा बंगलादेशले  ३० ओभर खेल्दै ४ विकेटको क्षतिमा १०४ रन बनाउन सफल भएको छ ।
annapurnapost

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget