वीरगञ्ज नाकामा आन्दोलनकारी देखिएनन्, स्थानीयले हटाए टेन्ट

वीरगञ्ज – वीरगञ्जमा रहेको नेपाल–भारत मितेरी पुलमा रहेको आन्दोलनकारीको टेन्ट अहिले स्थानीयहरुले हटाउन थालेका छन् । आन्दोलनकारीहरु टेन्टमा नरहेकाले स्थानीयहरुले आफै गएर टेन्ट हटाउन शुरु गरेका छन् ।

मधेस आन्दोलन शुरु भएदेखि लामो समय ठप्प रहेको वीरगञ्ज रक्सौल नाकामा पछिल्लो समय आन्दोलनकारीको न्युन उपस्थिति रहँदै आएको छ । जसले गर्दा नाकाबाट फाट्टफुट्ट रुपमा सवारी भित्रिन थालेका छन् ।

स्थानीयले मितेरी पुलमा रहेको ढाड र टेन्ट हटाएपछि गोरु गढाहरु निर्वाध रुपमा आवतजावत गरिरहेका छन् । अहिलेसम्म पुलमा कोही आन्दोलनकारी नदेखिए पनि ट्रकहरु भने अझै आवतजावत गर्न हिच्किचाइरहेका छन् । स्थानीयले भने उनीहरुलाई पुल प्रयोग गर्न आग्रह गरेका छन् ।

आन्दोलनरत मेधसी मोर्चाले समेत आन्दोलनको स्वरुप परिवर्तन गर्ने बताइरहँदा वीरगञ्जमा मोर्चाको धर्ना पनि खुकुलो बन्दै गएको हो ।

केही समयअघि धर्ना दिने आन्दोलनकारी नहुँदा १ सय २९ दिनपछि दुई घण्टाका लागि नाका खुलेको थियो । पहिलो पटक उक्त नाकाबाट नेपालतर्फ गाडी भित्रिएको थियो ।
शुक्रबार बिहान मात्र यस नाकाबाट १० वटा नयाँ ट्राक्टर र १–१ वटा ट्रक र टिपर नेपाल भित्रिएका थिए ।
ratopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget