काठमाडौं – नेपाली महिला फुटबल टोलीले बंगलादेशलाई पराजित गर्दै विजयी शुरुवात गरेको छ ।
१२ औं दक्षिण एसियाली खेलकुद अन्तरगत शिलोङको जवहरलाल नेहरु रंगशालामा शुक्रबार भएको खेलमा नेपाल ३–० ले विजयी भएको हो ।
नेपाललाई जीत दिलाउने क्रममा खेलको दोस्रो मिनेटमा नै दिपा अधिकारीले गोल गरेकी थिइन् । त्यस्तै अनु लामाले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् ।
दोस्रो हाफको अन्त्यतिर गोल गर्दै निरु थापाले नेपाललाई सहज जित दिलाइन् ।
१२ औं दक्षिण एसियाली खेलकुद भारतको गुहाटीमा शुरु भएको छ ।
१२ दिने यस प्रतियोगितामा ८ सार्क राष्ट्रका २५ सय खेलाडीहरु भाग लिनेछन् ।
गुहाटीमा १६ वटा खेल हुनेछ भने शलोङमा ६ वटा खेल हुनेछ । पहिलो दक्षिण एसियाली खेलकुद काठमाडौंमा सन् १९८४ मा भएको थियो ।
ratopati
Post a Comment