नेपालको फाइनल भेट भारतसँगै

नेपालको फाइनल भेट भारतसँगै
सिलोङ- १२औं सागमा कम्तिमा रजत पदक पक्का गरिसकेको नेपाली महिला फुटबल टोलीले राउन्ड रोविन लिगमा अपराजित यात्रा तय गरेको छ। यसअघि नै फाइनल पुगिसकेको नेपालले शनिबार कमजोर मानिएको श्रीलंकामाथि ४–० को एकतर्फी नतिजा निकालेको छ। अर्को खेलको नतिजापछि नेपालले फाइनलमा फेरी पनि आयोजक भारतलाई नै प्रतिद्वन्द्विका रुपमा पाएको छ। जित्ने पर्ने दबाबका बीच भारतले बंगलादेशलाई ५–१ ले पराजित गर्दै नेपालसँगको भेट पक्का गरेको हो।

पहिलो पटक अघिल्लो सागमा समावेश गर्दा पनि नेपाल र भारतबीच नै फाइनल भएको थियो। जहाँ नेपाल पराजित भएको थियो। यसपटक समूह चरणमा भने नेपाल र भारतले गोलरहित बराबरी खेलेका थिए।

सावित्रा भण्डारीको दुई गोलमा नेपालले सहज जित निकालेको थियो। विपक्षी खेलाडीको आत्मघाती गोलबाट नेपालको खाता खुलेको थियो। चौथो मिनेटमा एएस परेराले आत्मघाती गोल गरेकी थिइन्। पटक पटकको प्रयास असफल हुँदा नेपालले पहिलो हाफमा १–० को अग्रतामा चित्त बुझाउनुपर्योट। विपक्षी खेलाडीको गल्तिको फाइदा उठाउँदै ५२ औं मिनेटमा सावित्राले गोल गर्दै टोलीको गोलअन्तर बढाइन्। उनले ६३ औं मिनेटमा अर्को गोल गरेपछि नेपालले खेलमा पूर्ण रुपमा नियन्त्रण बनाएको थियो। ८० औं मिनेटमा सपना लामाले गोल गर्दै नेपालको अन्तरलाई फराकिलो बनाइन्। नेपाली टोलीका सहायक प्रशिक्षक कुमार कटुवालले श्रीलंकाविरुद्धको खेल फाइनलका लागि तयारी खेल भएको बताए। उनले भने,' फाइनलमा हामीले रक्षापक्तिलाई अझै मजबुद बनाउनुपर्छ र भारतमाथि जितको प्रयास गर्नुपर्छ।' कटुवालले भारतसँगको बराबरीलाई आश्चार्यजनक नतिजा रहेको स्मरण गरे। यसअघिका सबै चार खेलमा नेपाल भारतसँग पराजित हुँदै आएको थियो।
nagariknews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget