काठमाडौं । दक्षिण एसियाली खेलकुदमा भारतको बर्चश्व रहँदै आएको छ । भारतमै जारी १२ औं साग खेलकुदमा पनि उनले सबैभन्दा धेरै पदक जितिसकेको छ ।
यस्तोमा सोमबार फुटबलतर्फको स्वर्णपदकका लागि भएको खेलमा नेपालले भारतलाई हराएर २३ वर्षपछि फुटबलमा स्वर्ण फर्काएपछि नेपालीहरुले त प्रशंसा गरेका छन् नै भारतीय प्रशिक्षकले समेत नेपाली खेलाडीको प्रदर्शनको प्रशंसा गर्न भ्याए ।
खेलपछि पत्रकार सम्मेलनमा बोल्दै भारतीय प्रशिक्षक ली जोनसनले नेपाली खेलाडी प्रकाश बुढाथोकीको खुलेरै प्रशंसा गरे । उनले प्रकाशको फ्रिकिक विश्वस्तरीय रहेको र यस्तो फ्रिकिक विश्वका कुनैपनि गोलकिपरले रोक्न नसक्ने बताए ।
फाइनलमा प्रकाश बुढाथोकी र नवयुग श्रेष्ठले एक एक गोल गरेपछि नेपाल २३ वर्षपछि स्वर्ण जित्न सफल भएको छ । नवयुगले प्रतियोगितामा सर्वाधिक ७ गोल गरे ।
nepalsandesh
Post a Comment