खेल जितेपछि हामी सबै रोयौं: रन्जन

२३वर्षपछि भारतीय भूमिमा भारतलाई हराउँदै साग फुटवलको फाइनलको उपाधि चुमेपछि सबै खेलाडीहरु रोए । जितको खुसीमा सबै खेलाडीहरुको आँखाबाट आँशु खसेको खेलाडीहरुले बताएका छन्।
'जितपछि के गर्ने सबै धेरै खुसी भयौं, विराज मर्हजनकै आखाँबाट आशुँ चुहिँन थाल्यो', खेलाडी रन्जन विष्टले भने 'त्यसपछि सबै रोयौं ।'
रंगशालाबाट  गुहावटी होटल भएको ठाउँमा  बसमा यात्रा गर्दा सबै खेलाडीहरुले साँच्चै भारतलाई हामीले हराएकै होत भनेर आश्चर्य मानेका थिए। खेलाडी अन्जन बिष्टले भने, 'भारतलाई हराएको भन्ने कुरा सपना जस्तै लागिरहेको छ।'
त्यसपछि खेलाडीहरुले बसमा नै दोहोरी खेल्दै नाच्दै होटल पुगेका थिए। होटलमा आएर खेलाडीहरुले नेपालमा रहेका आमाबाबुसँग कुराकानी गरेका थिए। अधिकांकाका आमाबाबुले छोराहरुले खेलेको खेल टिभीमा राम्रोसँग हेर्न नपाएको नभनेर गुनासो गरेका थिए।
खेलाडी सुनिल बल तामाङले जितको खुसीयालीमा रातभर निद्रा नलागेको बताए। होटलमा आएपछि खेलाडीहरुले सेल्फी खिच्दै फेसबुकमा तस्बिर अपलोड गरेका थिए।
setopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget