गगन थापालाई खुल्ला पत्र ‘तपाईं अबको हुनेवाला राजकुमार हो’

आदरणीय गगन थापा ज्यू,
उमेरले ठ्याक्क १० वर्षको अन्तर, तपाई १९७६ को र म १९८६ को, महिना पनि एउटै जुलाई । यस अर्थमा म तपाईलाई दाइ भनु या कांग्रेसमा ७० काटेका बयोवृद्दहरु मात्र युवा हुने परिपाटी भएकाले म तपाईलाई भाइ भनु म अलिक अस्पष्ट रहेँ, माफ पाउँ । तर, जे होस, तपाईंको युवा पार्टीको महाधिवेशन हुँदै गरेको परिप्रेक्ष्यमा एउटा खुल्लापत्र लेख्न जरुरी ठानें, अन्यथा नलिनुहोला, मैले खुल्लापत्रहरुको जवाफको त्यती साह्रो अपेक्षा गर्दिन बरु पहिल्याइएका समस्याहरुको समाधान महत्वपूर्ण ठान्ने गर्दछु ।
२०५१ सालमा छोटो उमेरमै नेपाल बन्द गर्न सडकमा निस्कदाँ तत्कालिन गृहमन्त्री केपी ओलीले जेलको दर्शन गराएका थिए । त्यसपछि आजसम्म कम्तिमा ७/८ पटक जेल देख्नुभो तपाईंले । भन्छन् नी, जेल नदेखेको मान्छेले राजनीति गर्न सक्दैन । त्यही भएर त धेरै जेल बसेको आधारमा लाटा, लठ्याप्राहरुको पनि मन्त्रीको खोलो बग्यो, यो देशमा । त्यो त्यही पार्टीबाट बग्यो जुन पार्टीलाई तपाईंले शिरोपर गरेर चल्नुभएको छ । अझै पनि गाँउघरमा जेल बसेको कांग्रेसी नेता देख्ने बित्तिकै हत्तपत्त स्वस्ती गर्नुपर्ने चलन कायमै छ । देशमा रोजगारी नपाएर बाहिर अरबको खाडीको खुल्ला जेलमा पाकिस्तानका समलिंगीहरुसँग २ बर्ष जेनतेन कटाएर आएकाहरुलाई कसैले गन्दैन । जेल भनेको नक्खु या केन्द्रीय कारागार मात्र हो, है गगनज्यू । जेल बसेको भनेपछि मरिसकेकाहरुको फोटोलाई पनि सभापतिको उम्मेद्वार बनाउने परिपाटी कहिले हट्छ ?
मलाई थाहा छ, आन्तरिक खिचातानीको कारणले नै तपाईंलाई पहिलो संविधानसभाको निर्वाचनमा प्रत्यक्ष उम्मेद्वार हुन टिकट दिइएन, तर संविधानसभाको समितिमा बसेर उल्लेख्य काम गर्नुभएको थियो र पारिश्रमिक नलिने तपाईंको घोषणा उपयुक्त पनि थियो । तर, इन्जिनियरको छोरा तपाईं, डाक्टरको पति तपाईं, त्यसले सांकेतिक बाहेक केहि अर्थ राख्न सकेन । भारतमा तपाईंकै उमेरको कांग्रेसको उपाध्यक्ष राहुल गान्धी हरेक दिन बिहारका किसानलाई भेटेर गाला मुसारेर र चुम्माचाटी गर्दा त प्राप्त नभएको सत्ताको बिरासत बाहिरबाट प्राप्त गरिएको करोडौं अनुदान रकमले १००/२०० वटा बाख्रा पाल्दैमा र ४०/५० जनालाई काम दिँदैमा तपाईंलाई नै प्राप्त हुनुपर्छ भन्ने छ र रु
सरकार र माओवादीको पहिलो शान्तिवार्ता २०५७ सालमा हुँदा माओवादीले औपचारिक रुपमा गणतन्त्र र संविधानसभाको माग गरेको थियो । तर, त्यो भन्दा पहिले नै ५४/५५ सालतिर तपाईंले र नरहरी आचार्यले गणतन्त्र शब्द उच्चारण गरेर त्यतिबेलाको परिप्रेक्ष्यमा कांग्रेसको बदनाम गर्नुभएको थियो । अहिले गणतन्त्र संस्थागत भैसकेको छ । गणतन्त्र ल्याउन तपाईंको भूमिका त माओवादीले नमानेपनि छ । कृपया गणतन्त्रको केहि उल्लेख्य उपलब्धिहरु याद गर्नुस त, तपाई अगाडि आउनुभएको रहेछ या पछि फर्कनुभएको रहेछ । अरुले तपाईंलाई भन्नुभन्दा अगाडि नै पत्ता लाग्ने छ । मलाई यो कुराको हिसाब गर्न बाध्य बनाउनेहरु अरु कोहि हैनन, महाधिवेशनमा तपाईंलाई नै भोट हाल्न आतुर भएकाहरुले आजकल ज्ञानेन्द्रको फोटो आफ्नो फेसबुकमा सजाएर राजा आउ, देश बचाउ भनेर अपिल गर्दैछन् । गणतन्त्र जोशमा आएको हो या, होशमै आएको हो गगनज्यू ?
भ्रष्टाचार र भ्रष्टाचारीको पर्याय बनेको कांग्रेस, बुढा र रोगीहरुको कब्जामा बसेको कांग्रेस, उदार लोकतन्त्रवादको नाममा सरकारी स्वामित्वमा रहेका कलकारखाना कौडीमा बेचेको कांग्रेस, अमरेश, निधी र रिजाल जस्ता भारतपरस्तको बिल्ला भिरेकाहरुले पद ओगटेको कांग्रेस, करोडौंको भ्रष्टाचार गरेको खुम बहादुरलाइ सयौं किलोको माला लगाएर स्वागत गर्ने कांग्रेस, आफ्नै सरकार ढालेर आफ्नैको बनाउन माहिर, चरम संसदवादमा फसेको कांग्रेस, विपीका सिद्धान्तहरुलाई तिलान्जली दिएर उनकै नाममा जनतालाई गोलबन्द गरेको कांग्रेस, एलिट वर्गको प्रतिनिधित्व गर्ने कांग्रेस । यि तमाम कुराहरु मैले आरोप लगाएको होइन, तपाईंकै मुखबाट विभिन्न कालखण्डमा सुन्न पाइएका महान स्विकारोक्तीहरु हुन । तपाई महामन्त्री हुँदैमा यी आरोपहरु कसरी निरर्थक बन्ने छन, गगनज्यू ?

धेरै जेल बसेको आधारमा लाटा, लठ्याप्राहरुको पनि मन्त्रीको खोलो बग्यो, यो देशमा । त्यो त्यही पार्टीबाट बग्यो जुन पार्टीलाई तपाईंले शिरोपर गरेर चल्नुभएको छ । अझै पनि गाँउघरमा जेल बसेको कांग्रेसी नेता देख्ने बित्तिकै हत्तपत्त स्वस्ती गर्नुपर्ने चलन कायमै छ । देशमा रोजगारी नपाएर बाहिर अरबको खाडीको खुल्ला जेलमा पाकिस्तानका समलिंगीहरुसँग २ बर्ष जेनतेन कटाएर आएकाहरुलाई कसैले गन्दैन । जेल भनेको नक्खु या केन्द्रीय कारागार मात्र हो, है गगनज्यू । जेल बसेको भनेपछि मरिसकेकाहरुको फोटोलाई पनि सभापतिको उम्मेद्वार बनाउने परिपाटी कहिले हट्छ ?

लाखौं युवाहरुको प्रतिनिधित्व गर्नुहुन्छ तपाईं, लाखौं फ्यानहरु छन् तपाईंको, लाखौंले तपाईंमाथि अमुल्य अपेक्षा गरेका छन् । तपाईं एकपटक खुल्ला मन्चमा बोल्ने हो भने सिंहदरबारसम्म तालिको गुन्जन पुग्छन । तर, समस्या छ तपाईंको आँटमा, तपाईंलाई त यस्तो लागेको हुनसक्छ बुढ्यौली र प्यारालाइसिसको शिकार बनेको कांग्रेसमा किर्ना सरी बसिरहनु नै तपाईंको धर्म हो । तर, याद राख्नुस, कुनै दिन यस्तो आउनेवाला छ, कांग्रेसलाई जनताले मृत घोषणा गर्नेछन र तपाईंको हालत त्यसमा अडिन नसक्ने किर्नाकै जस्तो हुनेछ । त्यसपछि तपाई मुकुन्देजस्तो रुखमै चढेर भाषण गरेपनि उचाइ लिनुहुने छैन । याद राख्नुस, २००२ भन्दा अगाडि बाराक ओबामा म जस्तै थिए । एउटा भाषण गरेको भरमा तपाई जस्तो नबनिकन उनी तपाईंकै हाराहारी उमेरमा सिधै राष्ट्रपति बने । उनले आफैँले आफैँलाई प्रमाणित पनि गरिदिए । नकारात्मक नलिनुहोला, तपाई पार्टीको सिद्दान्त बोकेर प्रख्यात हुनुभएको मान्छे, ओबामाले देशको सिद्धान्त बोके, त्यही भएर त अमेरिकाले उनको प्रतिभा चिन्यो । मान्नुहुन्छ भने तपाईं पार्टीभन्दा बाहिर आउनुहोस, वास्तविक धरातललाई अध्ययन गर्नुहोस । कांग्रेसका युवाहरुको परिधीभन्दा देशका युवाहरुको परिधी ठूलो छ । अब महाधिवेशनको समयमा तपाईंले एउटा अहम जिम्मेवारी लिनुस, कांग्रेस नामको सिंगो सिनोलाई आफ्नै नेतृत्वमा दफन गरेर रोइरहेका मलामीहरुलाई सान्त्वना दिनुस र भन्नुस, यो बेथितिको अन्त्य हो । अब नयाँ युगको शुरुवात हुनेछ, त्यतिबेला ताली बजाउन म आउनेछु । नत्र फोहोरो इतिहासको साक्षी बन्नको लागि र २/४ जना भरौटेहरुको नेता बन्नको लागि म जस्ता युवाहरुले तपाईंलाई काँध थाप्नुको अर्थ छैन ।
मैले नसुनेको हैन, त्रिचन्द्रमा तपाईं स्ववियु सभापति हुँदा ४/५ हजार लिएर सयौं विद्यार्थीहरुलाई गैरकानुनी भर्ना गरिएको थियो । मिनेन्द्र रिजालहरुसँग तपाईले जाँडपार्टी गरेको फोटो हेर्दा साइडमा कांग्रेसको झन्डा फहराइरहेको र टेबलमा नेपालको झन्डा ओछ्याइएको पनि देखिएकै हो । कति शानसँग भरिएका प्यालाहरु नेपालको झन्डामाथि टिलपिलाइरहेका देखिन्थे । नेपालको झन्डामाथि सजिएर महंगा प्लेटहरुमा बस्दाखेरी चिकेन रोस्टहरुले आफैंले आफैंलाई अन्य फुटपाथमा पाक्ने चिकनहरुभन्दा खुब भाग्यमानी ठानेका थिए होलान, खयर जवानीमा गरिएका तपाईंका कुनै पनि कुराहरु यहाँ महत्वपूर्ण छैनन् ।
गगन ज्यू, विपी कोइरालाले हलो जोत्ने किसान हेरेर राजनीति गर भन्नुहुन्थ्यो । तर, तपाईंले ससुराको गजुरमुखी कन्स्ट्रक्सन हेरेर राजनीति गर्नुभयो । अनि कुमार घैटें जसले त्यो कन्स्ट्रक्सनमा ठेक्काको काम गथ्र्यो । उसलाई प्रहरीले टप्काउँदा मानवअधिकार गुहार्नुभो । देश भूकम्प र नाकाबन्दीले नराम्रोसँग पिरोलिएको बेलामा तपाईंले पोर्चुगलको सामुन्द्रिक किनारमा गएर फोटो खिचेको देख्दा यस्तो लाग्थ्यो, कांग्रेस एक पार्टी हैन, खानदान हो र तपाईं अबको हुनेवाला राजकुमार हो । यो कुरा सत्य हो की म जस्ता युवाहरू राजनीतिमा होमिएका तपाईंकै प्रेरणाले गर्दा हो, तर तपाईंको सैद्धान्तिक बिचलनले फेरि हामीमा निराशाको शुत्रपात गरेको छ । अब तपाईंको गनगनले मात्र राजनीति हुने छाँट देखिएन । अर्को महाधिवेशनमा तपाईंको ससुरा सभापति उठ्ने होला, ज्वाईंको पालो आउन त्यही सालाखाला ७० कट्नुपर्ने नै हो, नियतिको भागिदार बन्न चाहने मान्छेले राजनीति गर्ने हैन गगनज्यू, नियति परिवर्तन गर्ने क्षमता हुनुपर्दछ । राजनीतिमा रिटायर हुने उमेर तोक्ने तपाई नै बिना कुनै भूमिका रिटायर भैसकेपछि इतिहासले एउटा पानाको, एउटा हरफभित्र पनि एउटा लाइनमा तपाईंलाई समेट्नेछ, अनि भन्नेछ, एउटा फेलियर कार्यकर्ता ।
अन्त्यमा म तपाईंलाई महाधिवेशनको शुभकामना दिन चाहन्छु, आशा छ, मेरो लेखबाट तपाईंको राजनीतिक यात्रामा एउटा इँट्टा थपिनेछ, विदेशमा बसेको एउटा युवा मात्र भनेर नसोच्नुहोला, यहाँ प्रस्तुत गरिएका कुराहरुले नेपाली कांग्रेसकै युवाहरुको भावना बोकेका छन् ।
धन्यवाद
ईश्वर अर्याल
हाल युएई
ratopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget