यु–१९ विश्वकप: क्वार्टरफाइनलमा नेपाल बङ्गलादेशसँग भिड्ने

काठमाडौं: उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगिताको क्यार्टरफाइनलमा अब नेपालको भिडन्त आयोजक टोली बङ्गलादेशसँग हुने पक्का भएको छ ।

आज भएको समूह चरणको अन्तिम खेलमा बङ्गलादेशले नामिबियालाई ८ विकेटले पराजित गर्दै उसले नेपालसँगको भेट पक्का गरेको हो ।


जितसँगै सबै खेलमा स्पष्ट जित निकालेको बङ्गलादेश समूह ‘ए’को विजेता बनेको छ भने हार भएपनि नामिबिया उपविजेता भएको छ ।

यता, न्युजिल्यान्ड र आयरल्यान्डलाई पराजित गरेको नेपाल समूह ‘डी’को उपविजेताको रुपमा क्वार्टरफाइनल प्रवेश गरेको हो ।
त्यस्तै, नेपालसहित समूह चरणका तीन वटै टोलीलाई हराएर समूह विजेता बनेको भारतको भेट नामिबियासँग हुनेछ ।

नेपाल र बङ्गलादेशबीचको क्वार्टरफाइनल खेल आगामी माघ २२ गते बङ्गलादेशको मीरपुरमा हुनेछ ।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget