भारतको भर छैन भनेको भोलिपल्ट राजदूत राय दाहाल निवासमा

दाहाल निवासमा भारतीय राजदूत
काठमाडौं— भारतीय राजदूत रणजीत राय र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार भेटवार्ता भएको छ। अध्यक्ष दाहालले भारतको भर गर्न नसकिने टिप्पणी गरेको भोलिपल्ट भारतीय राजदूत दाहाल निवास पुगेका हुन्।

राजदूत रायले दलहरुबीच सहमति भए नाकाबन्दी अन्त्य हुने अध्यक्ष दाहाललाई बताएका थिए। भेटमा नाकाबन्दी, मधेस आन्दोलन र दलहरुबीच भइरहेको छलफलको प्रगतिबारे कुराकानी भएको थियो।

दाहालले नाकाबन्दी छिटो अन्त्य गर्न भारतीय राजदूत समक्ष आग्रह गरेका थिए। जवाफमा राजदूत रायले दलहरुबीच सहमतिमा पुगे नाकामा भइरहेको अवरोध अन्त्य हुने उल्लेख गरेको दाहालको वेबसाइटमा उल्लेख छ।

अध्यक्ष दाहालले वर्तमान राजनीतिक परिस्थितमा भारतको भर गर्न नसकिने बताएको भोलिपल्ट राजदूत राय र दाहालबीच भेटवार्ता भएको हो। सोमबार अध्यक्ष दाहालले पार्टी कार्यालयमा संविधान संशोधनपछि नाकाबन्दी खुल्ने संकेत देखिए पनि पछिल्लो समय अवस्था फरक रहेको भन्दै भारत भरोसायोग्य पात्र नरहेको टिप्पणी गरेका थिए।

'परराष्ट्रमन्त्रीको दुई–दुई पटकको भारत भ्रमणमा नाका सहज हुने संकेत देखिएपछि हामीले अब खुल्छ भन्यौं तर यथार्थमा त्यो भएन। संविधान संशोधनपछि अब त खुल्ला भन्ने लागेको थियो तर अझै खुलेन, त्यसैले विश्वास गर्न गाह्रो भो', उनले भनेका थिए।
nagariknews

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget