पुरा भएन बेहुली बन्ने सपना, बिहेको मुखमा पुगेकी रमालाई मृत्युले निल्यो

काठमाडाैं । परिवारकी एक्ली छोरा थिइन् रमा राउत । साढे तीन वर्षदेखि तारा एयरमा एयरहोस्टेसका रूपमा कार्यरत थिइन् । सोमबार पोखरा गएकी उनको परिवारमा बिहेबारे सल्लाह हुँदै थियो ।
मंगलबार मात्र आफन्तसँग आमाले उनको बिहे गर्नेबारे छलफल गरेकी थिइन् । तर, एक्ली छोरी अन्माउने परिवारको सपना अधुरै रह्यो । बुधबार बिहानैदेखि कुलेश्वरको जनमैत्री कलेजकै गेटमा रहेको राउतको घर शोकमा डुबेको छ । बुधबार साँझ उनको निवासमा पुग्दा परिवारका सदस्य बोल्न नसक्ने अवस्थामा थिए । दाइ प्रमोद चितवन गएका थिए ।
परिवारमा रमाका आमा र दुई भाइ छन् । एकजना मेगा बैंकमा तथा अर्को नेपाल प्रहरीमा कार्यरत छन् । बिहानैदेखि राउतको निवासमा सान्त्वना दिन आफन्तको भीड लागेको छ । नयाँपत्रिका दैनिकमा खबर छ ।
dainiknepal

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget