भारतबाट विजुली आएपछि लोडसेडिङ घट्यो

काठमाडौं, १३ फागुन । भारतबाट विद्युत आयात सुरु भएपछि नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ घटाउने तयारी गरेको छ ।
प्राधिकरणले आगामी बिहीबारदेखि लागू हुनेगरी लोडसेडिङ दैनिक दुई घन्टा घटाउन लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणसँगै शनिबारदेखि भारतबाट ८० मेगावाट आयात भएपछि आपूर्ति केही सहजको हो ।
प्राधिकरणले ढल्केबर-मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनबाट शनिबारदेखि ८० मेगावाट बिजुली आयात गरेको प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले बताए ।
अहिलेको आपूर्तिमा थपविद्युत थपिएपछि लोडसेडिङ व्यवस्थापन गर्न सहज भएको प्राधिकरणले जनाएको छ ।
भारतबाट उक्त परिमाणको बिजुली आएपछि प्राधिकरणले अनौपचारिक रुपमा डेढ घन्टा लोडसेडिङ कम गरिसकेको छ । हाल १३ घण्टा कायम रहेको लोडसेडिङ आगामी बिहीबारपछि दुई घण्टा घटेर ११ घन्टामा झर्ने जनाइएको छ ।
dainiknepal

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget