हुस्सु लोकमान ! सागमा कराँतेले मेडल नजितेको भन्दै कराँते महासंघ परित्याग

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले कराँते महासंघको संरक्षकबाट अलग भएको घोषणा गरेका छन्

विगत लामो समयदेखि नेपाल करांते महासंघको संरक्षक रहँदै आएका कार्कीले भारतमा भर्खरै सम्पन्न १२ औं सागमा कराँतेले मेडल नजितेको भन्दै अलग हुने निर्णय गरेको बताएका छन् ।

सामाजिक संजाल (फेसवुक)मा स्ट्याटस लेख्दै कार्कीले ‘कराँते टोलिले १२ औं सागमा कठोर पराजयको सामना गर्नुपरेको’ उल्लेख गरेपनि बाह्रौं सागमा नेपाली कराँते टोली सहभागी थिएन ।

भारतमा सक्रिय रहेका दुईओटा कराँते संघको विवादका कारण यसपटकको साग आयोजक कमिटीले कराँते पतिायागीता नगराउने निर्णय गरेको थियो ।
भारतमा एउटा कराँते संघ भारतिय खेल प्राधिरकणको मातहत संचालन हुँदै आएको छ भने अर्को संघ विश्व कराँते महासंघको सम्वन्धनमा संचालन हुँदै आएको छ ।

नेपालको खेल जगतमा बेग्लै पहिचान र ऐतिहांसिक महत्व बोकेको कराँतेले वितमा हाँसिल गरेको उपलब्धि नेपालीको लागी गौरव र आत्माभिमानको विषय भएको उल्लेख गर्दै कार्कीले भारतमा सम्पन्न दक्षिण एशियाली खेल स्पर्धामा कराँतले कठोर पराजयको सामना गर्दै यस खेलले कमजोर दिशा र दशालाई प्रतिनीधीत्व गरेको बताएका छन् ।

आफ्नो ब्यक्तिगत वेभसाईट लोकमान कार्की डटकममा समेत ‘संरक्षक नरहने जानकारी सम्वन्धमा’ भन्ने शिर्षकमा कार्किले सागमा ब्यहोरेको पराजयलाइ समेत मध्यनजर गर्दै नेपाल कराँते महासंघको संरक्षकत्व ग्रहण गरिरहन नैतिक रुपले उपयुक्त नहुने आत्म निष्कर्ष सहित कराँते महासंघको संरक्षकको जिम्मेवारीबाट अलग भएको जानकारी गराएका छन् ।
ratopati

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget