नवभारत टाइम्स दैनिकले ‘भारत और नेपाल के बीच अब आल इज वेल’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । यस्तै टाइम्स अफ इन्डियाले ‘अपराइजिङ इन नेपाल टाइज अफ्टर पिएम ओलिज भिजिट’ शीर्षकमा समाचार दिएको छ । इन्डियन एक्सप्रेसले ‘नेपाल पिएम मिट्स मोदी’, सेज मिसअन्डरस्ट्यान्डिङ ओभर शीर्षक दिई समाचार राखेको छ । द एसियन एज पत्रिकाले दुई प्रधानमन्त्री ओली र मोदीले हात मिलाएको एएफपीको तस्बिर प्रकाशित र थप समाचारलाई स्थान दिएको छ । ती समाचारमा मोदीले नेपालको नयाँ संविधानलाई उपलब्धि मानेको, मधेसको बाँकी राजनीतिक समस्याको समाधान संवाद र सहमति मिलाउन आग्रह गरेको, सातबुँदे समझदारी भएको बारे उल्लेख गरिएको छ । नेपालको अर्को छिमेकी चीनसँग सम्बन्धबारेमा दुई प्रधानमन्त्रीसँग कुरा भएको थियो थिएन भन्ने बारेमा पनि ती सञ्चारमाध्यमले चासो दिएका छन् । यस्तै ‘दिल्ली स्पेसल द गार्जिएन’, ‘द हिन्दू’ लगायतका पत्रिकाले पनि सो समाचारलाई प्राथमिकता दिएका छन् ।
हैदरावादमा भएको दुई देशको उच्चस्तरीय वार्ता र समझदारी आदानप्रदान तथा दुई प्रधानमन्त्रीको प्रेस वक्तत्वको समाचार सङ्कलनका लागि भारतीय र यहाँस्थित विदेशी सञ्चारमाध्यमका प्रतिनिधिको पनि बाक्लो उपस्थिति थियो । प्रधानमन्त्री ओलीको भ्रमणको समाचार सङ्कलनका लागि नेपालबाट पनि विभिन्न सञ्चारमाध्यमका प्रतिनिधि आएका छन् ।रासस
aajakokhabar
Post a Comment