आज ६५औं राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै

काठमाडौं, ७ फागुन । विक्रम संवत २००७ फागुन ७ गते रप्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६५औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ ।
एक सय चारवर्षीय जहानियाँ राणाशासनको अन्त्य गर्दै राजा त्रिभुवनले नेपालमा प्रजातन्त्र स्थापना भएको घोषणा गर्नुभएको थियो । राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली काँग्रेस सम्मिलित सरकार गठन भई प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो ।
प्रजातन्त्र स्थापनाका लागि शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिनुभएको थियो ।
प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण फैल्याएको अभियोगमा उहाँहरूलाई मृत्युदण्ड दिइएको थियो ।
२००० पछि स्थापना भएको नेपाल प्रजातन्त्र काँग्रेस र नेपाल राष्ट्रिय काँग्रेसको २००६ सालमा एकीकरणपछि बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र आन्दोलनले नेपालमा प्रजातन्त्र स्थापना गरेको थियो ।
फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी दिवस मनाउँदै आएको छ । दिवसका उपलक्ष्यमा सार्वजनिक बिदा समेत दिने गरिएको छ । रासस


dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget