बेलायती महारानीको शीरमा रहेको कोहिनुरमाथि भारत र पाकिस्तानको दाबी

लण्डन, फागुन ७ । बेलायती महारानीको ताजमा जडित कोहिनुर हिराबारे भारत र पाकिस्तानले आ–आफ्नै दाबी गर्दै आएका छन् । दुबै मुलुक उक्त हिरा आफ्नो भएको दाबी गर्दै फिर्ता ल्याउन चाहिरहेका देखिन्छन् यद्यपि दुबै मुलुकबीचको विवादका कारण यसबारे बेलायत सरकारले तत्काल कुनै निर्णय गरिहाल्नु पर्ने अवस्था देखिएको छैन ।
पाकिस्तानमा लाहोरको एक अदालतले कोहिनुर हिरा बेयायतबाट फिर्ता ल्याउन पाकिस्तानले अनुरोध गर्नुपर्ने मागसहितको एक मुद्दालाई स्वीकार गरेको छ । जावेद इकवाल जाफरीले दायर गरेको मुद्दामा भनिएको छ, ‘महाराजा रन्जीत सिंहका नाति दलिप सिंहका साथबाट बेलायतले कोहिनुर हिरा खासेर लगेको हो, उक्त हिरामा बेलायतको कुनै हक छैन ।’
यसअघि भारतले पनि यस्तै दाबी गरेको थियो ।
सन् १८४८ मा ब्रिटेन–सिख युद्धपछि नावालिग दलिप सिंहले बेलायती शासकसामू उक्त हिरा सुम्पिएको मानिन्छ । उक्त हिरा बेलायती महारानीको ताजमा राखिएको छ ।
पाकिस्तानी अगुवा कार्यकर्ता जावेद इकबालका अनुसार पञ्जावका तत्कालित राजा दलिप सिंहलाई सत्ताच्यूत गरेपछि इस्ट इन्डिया कम्पनीको उनको हिरा लिएको थियो । उनी भन्छन्, ‘अफगानिस्तानका बादशाहले लाहोरका राजालाई उपहारका रुपमा सो हिरा दिएका थिए, तर पछि दलिप सिंहले अंग्रेजलाई हिरा दिएको कहानी बनाइयो, वास्तवमा अंग्रेजलाई उपहार दिइएको थिएन, उनीहरुले खोसेर लगेका हुन् ।’
उता, भारतका इतिहासकार प्रोफेसर रिजवान केसर पाकिस्तानी दाबीलाई अस्वीकार गर्छन् । उनले भने, ‘पाकिस्तान सन् १९४७ पछिमात्र अस्तित्वमा आएको हो, त्यसअघि भएका कुराको स्वामित्व हिन्दुस्तानको हुन्छ, कोहिनुरको सम्बन्ध पनि हिन्दुस्तानसँग छ ।’
१०५ क्यारेटको कोहिनुर करिब डेढ शताब्दीदेखि बेलायती ताजको हिस्सा बन्दै आएको छ
imagekhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget