देउवालाई कुनै हालतमा कांग्रेसको नेतृत्व दिन नहुने
काठमाडौं, ७ फागुन - निधन भएको ९ दिनपछि नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको अन्तिम इच्छा सार्वजनिक भएको छ।
सबै नेता तथा कार्यकर्तालाई १३ औं महाधिवेशनको चटारोले छोइरहेका बेला कोइराला निकट एक नेताले उनको अन्तिम इच्छा सार्वजनिक गरेका हुन्। कोइरालाको गत माघ २६ गते सोमबार निधन भएको थियो।
मर्नुअघि फेरि एकपटक सभापति बन्ने मनस्थितीमा रहेका तर, सार्वजनिक रुपमा नखुलाएका कोइरालाको अन्तिम इच्छा पार्टीको नेतृत्व कोइराला परिवारभन्दा बाहिर नजाओस भन्ने रहेछ। जसका लागि सुशीलले वरिष्ठ नेतालाई कुनै हालतमा सभापति बन्न नदिने रणनीति अख्तियार गरेका थिए।
उनले मर्नुभन्दा दुई महिना पहिले सार्वजनिक रुपमा महाराजगञ्जस्थित निवासमा कोइराला परिवारका नेताहरुको भेला राखेका थिए। जहाँ उनले आफ्नो अन्तिम सुनाएका थिए।
सुशीलले भनेका थिए,‘शेरबहादुर देउवा पार्टी सभापति भए काँग्रेस र लोकतन्त्रको भविष्य संकटमा पर्छ। कुनै हालतमा पनि देउवालाई रोक्नुपर्छ। आफ्नो फाइदाका लागि काँग्रेसलाई भीरबाट खसाल्न तयार हुने प्रवृत्ति देउवामा छ।’
भेलामा सहभागी कोइराला निकट ती नेताका अनुसार सुशीलले देउवाले आफ्नो फाइदाका लागि संसदलाई नारायणहिटी दरबारमा बुझाउने काम गरेको आरोप लगाउँदै त्यसबापत काँग्रेसले फेरि लोकतन्त्रका लागि कठोर लडाईं लड्नुपरेको स्मरण गराएका थिए। उनले पार्टी फुटाउनेको हातमा नेतृत्व जान दिनुहुँदैन् सम्म भनेको ती नेताले बताए।
Dainik nepal
Post a Comment