स्पेनिस लालिगामा वार्सिलोना स्टार लियोनेल मेसीको कीर्तिमानी ३०० गोल

एक पछि अर्को गर्दै कीर्तिमान कोर्ने क्रममा वार्सिलोनाका स्टार लियोनेल मेसीले स्पेनिस ला लिगामा ३०० गोलको कीर्तिमान बनाएका छन् ।





ला लिगामा ३०० गोल गर्ने उनी पहिलो फुटबलर बनेका छन् । बिहीबार राति बार्सिलोनाले स्पोटिङ गिजोनलाई ३ – १ गोल अन्तरले पराजित गर्ने क्रममा मेसीले दुई गोल गरे ।



स्पोटिङ गिजोनको घरेलु मैदानमा भएको खेलमा उनले २५ औं मिनेटमा गरेको गोलले उनलाई कीर्तिमानको शिखर चढाएको थियो । यो उनको ला लिगमा ३०० औं गोल थियो ।


खेलको २७ औं मिनेटमा घरेलु टोलीले बराबरी गोल फर्कायो । तर, चार मिनेटपछि नै मेसीले पुनः व्यक्तिगत दोस्रो गोल गरे ।



खेलको ६७ औं मिनेटमा लुइस स्वरेजले गोल गरेपछि बार्सिलोना ३÷१ ले जित सुनिश्चित गर्न सफल भएको छ । यो जितसंग वार्सिलोनाले ३१ खेलको अपराजित रेकर्ड समेत बनाएको छ ।
news24nepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget