दक्षिण कोरियामा हमला गर्न किम जोङ्गको आदेश

सिओल: उत्तर कोरियाका तानाशाह किम जोङ्ग उनले दक्षिण कोरियामाथि हमला गर्ने तयारीका लागि आफ्ना सैनिकलाई आदेश दिएका छन् ।
दक्षिण कोरियाक जासुसी एजेन्सीले यो कुराको दाबी गरेको हो । नेशनल इन्टेलिजेन्स सर्भिस (एनआईएस) ले प्रतिपक्षी दल सेन्युरीलाई बिहीबार यस खतराबारे सचेत गराएको हो ।
समाचार अनुसार उत्तर कोरियाद्वारा हाइड्रोजन बम र मिसाइल परीक्षण गरेपछि दक्षिण कोरियामा तनावको माहौल रहेको छ । जासुसी एजेन्सीका अनुसार उत्तर कोरियाले हमलाको तयारी थालिसकेको छ ।
एनआईएसले जनाएअनुसार किम जोङ्ग उनको आदेशमा उत्तर कोरियन जासुसी एजेन्सीले साइबर र अन्य किसिमका हमला गर्ने तयारी थालेका हुन् ।
यसअघि पनि उत्तर कोरिया कोरियाले दक्षिण कोरियामाथि झुक्याएर आक्रमण गरेको इतिहास रहेको छ ।
tajaheadline

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget