तेश्रो विश्वयुद्धको खतरा, २० मुस्लिम देशका साढे ३ लाख सैनिक सिरिया पठाउँदै साउदी अरब

काठमाडौं – रुसी राष्ट्रपति भ्लादमिर पुटिनको चेतावनीको उपेक्षा गर्दै साउदी अरबले सिरियामा ठूलो संख्यामा सैन्य परिचालनको तयारी गरेको छ । सिरियामा आतंकवाद समाप्त गर्ने बहानामा साउदी अरबले सिरियाली राष्ट्रपतिविरुद्ध निर्णाय युद्धको बलियो तयारी गरेको हो । सिरियाविरुद्धको यो युद्धमा पाकिस्तान समेत २० देशका सुन्नी मुस्मिल सेनाहरु समावेश छन् । यसमा २५ सय लडाकु जहाज, २० हजार टंयाक र साढे तीन लाख सेना रहेका छन् ।


समाचार एजेन्सीहरुका अनुसार, यी सैनिकहरुले विगत कैयन दिनदेखि साउदी अरबको उत्तरी क्षेत्रमा युद्द अभ्यास गरिरहेका छन् । उनीहरुले अमेरिकाको संकेत पाउनेबित्तिकै सिरियामा आक्रमण गर्ने देखिन्छ । साउदी अरबका रक्षा मन्त्री आदिल अल जुबैरले भनेका छन्– यदि अमेरिकाले सिरियामा जमिनी लडाई (स्थलयुद्ध)लाई कमाण्ड गरेमा साउदीको नेतृत्वका यो ठूलो सैन्यशक्ति सिरियामा उत्रिन तयार भएर बसेको छ ।

अदिल अल जुबैरको यो वक्तव्यपछि संयुक्त राष्ट्र संघमा इरानका प्रतिनिधिले एउटा विशेष पत्रकार सम्मेलनको आयोजना गर्दै अरबले यसरी सेना पठाएमा यो अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन हुने र यसको प्रतिरोध गर्न आफूहरु तयार रहने बताए । उनले यदि साउदीले आँखा चिम्लेर यसरी सिरियामा जाने कुरा सोच्छ भने त्यहाँबाट साउदी अरब उम्किन गारो पर्ने चेतावनी समेत दिए ।

यसअघि नै रुसी राष्ट्रपनि पुटिनले तेश्रो विश्वयुद्ध निम्त्याउने किसिमका कदम नचाल्न साउदीलाई चेतावनी दिएका थिए । साउद अरबलाई अमेरिकाबाट बैचारिक र रणनीतिक समर्थन प्राप्त छ । जबकि इरान र सिरियालाई रुसले सहयोग गरेको छ । यो अवस्थामा केही युद्ध पत्रकारहरुले साउदी अरबका सेना सिरिया प्रवेश गरेमा तेश्रो विश्वयुद्ध हुने टिप्पणी समेत गरेका छन् ।

साउदीका अतिरिक्त टर्की पनि अमेरिकाको पक्षमा रहेको छ । तर कतिपय अवस्थामा टर्कीले अमेरिकाको बिरोध समेत गर्दै आएको छ ।

-everestdainik

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget