आन्दोलनमा तीनजना मारिनुका साथै ८० भन्दा बढी घाइते भएका छन् । प्रहरी र प्रदर्शनकारीबीचको भिडन्तमा २३ जनालाई गोली लागेको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।
परिस्थिति नियन्त्रण गर्न आठ जिल्लामा सेना तैनाथ गरिएको छ । भिवानी जिल्ला बढी प्रभावित भएको छ ।
हिंसा मच्चाउनेलाई देख्ने बित्तिकै गोली हान्ने आदेश सरकारले सुरक्षाकर्मीलाई दिएको छ । उग्र प्रदर्शनबाट सडक र रेल यातायातमा असर परेको छ ।
हरियाणको विभिन्न जिल्लामा एक सातादेखि जारी जाट आन्दोलनका कारण एक सयभन्दा बढी रेल–गाडीको सेवा बन्द गरिएको छ । प्रभावित क्षेत्रमा विद्यालय र कलेज बन्द गरिएका छन् ।
राज्यका मुख्यमन्त्री मनोहरलाल खट्टरले विधानसभाको आगामी संसदसत्रमा जाट आरक्षणका लागि ठोस कदम लिने आश्वासन दिएपनि आन्दोलनकारीले पत्याएका छैनन् । (एजेन्सी)
imagekhaba
Post a Comment