अस्ट्रेलियाविरुद्धको खेलमा म्याक्कुलमको विश्वरेकर्ड

पाकिस्तानका मिसबाह उल हकले पनि ५६ बलमै सतक बनाएको रेकर्ड छ ।
२०७२ फाल्गुन ८ शनिबार
एजेन्सी: टेस्ट क्रिकेटको इतिहासमा सबैभन्दा चाँडो सतक बनाउने रेकर्ड न्यूजिल्यान्डका ब्रेन्डन म्याक्कुलमको नाममा दर्ता भएको छ ।

उनले ५४ बलमा सतक लगाउँदै सर विवियन रिचर्ड्सले ५६ बलमा बनाएको सतको ३० वर्ष पुरानो रेकर्ड तोडेका हुन् ।


विदाइ खेलमा ३० वर्ष पुरानो रेकर्ड तोड्ने क्रममा उनले २१ चौका र ६ छक्का हान्न भ्याए । म्याक्कुलमले शनिवार अस्ट्रेलियाविरुद्धको तीन खेलको तेस्रो टेस्ट म्याचका क्रममा ३० वर्ष पुरानो रेकर्ड तोडेका हुन् ।

म्याक्कुलमले १४५ रनको इनिङमा ७९ बलको सामना गरे । यसमा उनले २१ चौका र छ छक्का पनि ठोके । म्याक्कुलमले ५० रन केबल ३४ बलमा बनाएका थिए । त्यसपछिको ५० रन भने उनले केबल २० बलमा बनाउन सफल भए ।

उनले ५४ बलमा सतक ठोक्न सफल भएका हुन् । केबल सतकको कुरा गर्ने हो भने उनले यस क्रममा १६ चौका र चार छक्का हाने ।

म्याक्कुलमले ७८ मिनेट विकेटमा बिताउँदै सतक हान्न सफल भए । समयको हिसाव गर्ने हो भने यो टेस्ट इतिहासको चौथो सबैभन्दा छिटो सतक हो ।

समयको हिसाबले सबैभन्दा छिटो सतकको रेकर्ड अस्ट्रेलियाका जीएम ग्रेगरीको नाममा रहेको छ । ग्रेगरीले सन् १९२१ मा दक्षिण अफ्रिकाविरुद्ध केबल ७० मिनेटमा सतक बनाएका थिए ।

म्याक्कुलम जब ३९ रनमा थिए त्यो बेला उनी नो बलमा क्याच आउट हुन पुगेका थिए । ३० ओभरमा प्याटिन्सनको चौथो बलमा उनको क्याच मिशेल मार्शले समाएका थिए ।

अस्ट्रेलियनले खुसी मनाउन थालेपछि एम्पायरले नो बल दिँदै आउटको अपिल खारेज गरिदिए । रिचर्ड्सले सन् १९८५-८६ मा सेन्ट जोन्समा इङ्ग्ल्यान्डविरुद्ध ५६ बलमा सतक हानेका थिए ।

पाकिस्तानका मिसबाह उल हकले पनि ५६ बलमै सतक बनाएको रेकर्ड छ ।
annapurnapost

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget