माल्दिभ्सविरुद्धको खेल विमलले खेल्ने

काठमाडौं: १२औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार साँझ हुने माल्दिभ्सविरुद्धको खेलमा नेपालका प्रमुख स्ट्राईकर विमल घर्तीमगरले खेल्ने भएका छन् ।

चोटग्रस्त भएर बंगलादेशविरुद्धको खेल गुमाएका उनी माल्दिभ्सविरुद्धको खेलमा फर्केका हुन् ।


बंगलादेशसँग २-१ ले पराजित हुँदा बेन्चमा बस्न बाध्य बिमल चोटमुक्त भएर फर्केपछि नेपाली टिमको हौसला बढेको छ ।

नेपाली टिमको रक्षकको जिम्मा विकेश कुथुले पाएका छन् । त्यसैगरी कप्तान विराज महर्जन, अनन्त तामाङ, कमल श्रेष्ठ, आदित्य चौधरी, विशाल राई, हेमन गुरुङ, विक्रम लामा, अन्जन विष्ट, नवयुग श्रेष्ठ र विमल घर्तीकसहितको टिमलाई प्रशिक्षक राजुकाजी शाक्यले माल्दिभ्सविरुद्ध उतारेका छन् ।

नेपाली टिमका प्रशिक्षक राजुकाजी शाक्यले फाइनल बराबर मानेको यो खेल जितेमा नेपाल महिला फुटबल टिमसँगै फाइनलमा पुग्नेछ ।

बंगबन्धु गोल्डकपमा माल्भिस्लाई ४-१ ले हराएको नेपाली टिम सोहीस्तरको नतिजा निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget