मोगादिसु, सोमालीयाको राजधानी मोगादिसुमा शुक्रबार साँझ शक्तिशाली कार बम विस्फोटमा भएको समाचार छ । सो विस्फोटमा परी कम्तीमा पनि ११ जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।
सो विस्फोटमा परी विस्फोटक कार ल्याएका दुइजना व्यक्ति पनि मारिएका छन् । प्राप्त पछिल्लो एक समाचारमा सरकारी अधिकारीलाई लक्ष्य गरेर सो विस्फोट गराइएको अनुमान गरिएको छ ।
त्यस विस्फोटबामा मारिनेमा केही सरकारी कर्मचारी पनि परेका बताइएको छ । यस समाचारको पुष्टि हुन बाँकी रहेको सोमालियाली अधिकारीले शनिाबार अपरान्हसम्म जानकारी दिएका छन् ।
मोगादिसुको उत्तरतर्फ रहेको एक सानो नगरमा सो विस्फोटन गराइएको थियो । त्यसमा परेर सडकमा हिँड्दै गरेका नौजना सर्वसाधारणको मृत्यु भएको जनाइएको छ ।
यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । तर यसअघि पनि यस प्रकारको आक्रमण अल कायदासँग आवद्ध अल सबाब आतङ्ककारी समूहले गराउँदै आएको हुनाले यस आक्रमणमा पनि यी समूहको हात रहेको प्रहरीले अनुमान गरेको छ ।
गएका केही वर्षदेखि सोमालियामा हिंसा जारी रहेको छ । अल सबाबको यही हिंसाका कारण त्यहाँ हजारौँ नागरिकको ज्यान गइसकेको छ । रासस÷एएफपी
Post a Comment