काठमाडौं । चीन सरकारले काठमाडौंमा झन्डै ५० अर्ब रुपैयाँ (३ बिलियन युआन) लगानीमा चाइना टाउन निर्माणका लागि अनुमति मागेको छ ।
सेनजेनको क्षेत्रीय आर्थिक कोअपरेसन एसोसिएसन (एरेक)ले काठमाडौंलाई आद्योगिक सहर बनाउन दुई वर्षभित्र निर्माण सक्ने गरी परियोजना प्रस्ताव गरेको हो ।
सय हेक्टर क्षेत्रफलमा निर्माण गरिने परियोजना प्रस्ताव एरेकले साताअघि नै काठमाडौं महानगरपालिकामा बुझाएको हो । करिब ४९ अर्ब ९५ करोड नेपाली रुपैयाँ खर्च हुने भनिएको परियोजनाको लगानी अवधि ६ महिना मात्र छ । नागरिक दैनिकमा खबर छ ।
dainiknepal
Post a Comment