काठमाडौं। प्रतिवद्धता जनाए अनुसार आफुहरुले अर्थात् प्रमुख तीन दलले संविधान संशोधन गरेपनि छिमेकी भारतले नाकाबन्दी खोल्ने कुनै सुरसार नगरेका कारण प्रधानमन्त्री ओली भारतसँग रुष्ट भएका छन्. ।
फागुन सात गतेबाट हुने भनिएको भारत भ्रमणका विषयमा पनि प्रधानमन्त्री ओलीले अनिच्छा देखाउन थालेको बालुवाटार स्रोतको दाबी छ । संविधान संशोधन भएको भोलिपल्टदेखि नाका सहज हुने बचन दिएको भारतले नाका खुलाउन अनिच्छा देखाएपछि ओलीले पनि भ्रमण नगथर्ने मनस्थिति बनाएका छन् ।
उनको भनाईले नाका अबरोध नेपालमै रहेको र नेपालपटीको नाका अबरोधले ढुवानी समस्या भएको बताएसँगै ओलीले पनि आफ्ना निकटहरुसँग भारतको भुमिकाका बारेमा जिज्ञासा राखेका थिए ।
एमाले युवा नेता एवं ओली निकट सुर्य थापाले पनि भारतले नाका नखोले ओली भारत नजाने बताएका छन् । उनले ओलीको पहिलो विदेश भ्रमण तीन बाट हुनसक्ने दाबी समेत गरेका छन् ।
त्यसो त एमाले उच्च तहले पनि ओलीले यस अघि सार्वजनिक रुपमा घोषणा गरे अनुसार नै नाका नखुलेसम्म चीन नजान सुझाव दिएका छन् । आम नेपाली पीडामा छट्पटाइरहेका बेला भारत गएर आलोचित नहुने मोडमा ओली पुगिसकेका छन् ।
त्यसो त सोमबार नै सत्ता गठबन्धनका अर्का प्रभावशाली नेता प्रचण्डले पनि भारतको अनस्थिति बुझी साध्य नभएको बताएर ओलीको भ्रमण अन्योल भएको संकेत गरेका छन् ।
उनले सीमांकन नमिल्दासम्म भारतले नाका नखोल्ने संकेत गरेको बताएका छन् । प्रचण्डको अभिव्यक्ति र पछिल्लो विकसीत घटनाक्रमका कारण पनि ओलीको पहिलो भ्रमण भारत नहुने पक्का पक्की जस्तै भएको छ ।
भारतले भ्रमणको निम्ता गरेर पनि वातावरण बनाउने काम नगरेको बालुवाटारको बुझाई र प्रचण्डको पछिल्लो भनाईलाई आधार मान्दा पनि फागुन सातबाट हुने भनिएको भ्रमण रोकीने अवस्थामा पुगेको देखिन्छ । ओलीलाई भारत बोलाएर आफु कुटनीतिमा सफल भएको दाबी गर्ने मोदीको सोचलाई ओलीले लत्याउने अवस्था आउन लागेको भन्दै भारतीय संस्थापन झस्कन थालेको बताइन्छ ।
nepalsandesh
Post a Comment