प्रचण्डले दिए नाकाबन्दी खुल्ने नयाँ सुत्र, त्यो पुरा भए भोली विहानैदेखि नाका खुल्ने

काठमाडौं, १८ माघ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नाकाबन्दी खुल्ने सुत्र सार्वजनिक गरेका छन् ।
सोमबार पेरिसडाँडामा पत्रकार सम्मेलन गरी प्रचण्डले आफूले दिएको सुत्र पुरा भए भोली विहानैदेखि नाकाबन्दी खुल्ने दाबी गरे । उनले भने- मधेसवादी दलसँग कुनै संयन्त्रमार्फत तीन महिनामा सीमांकन टुंग्याउने सहमति भएपश्चात मात्र नाकाबन्दी खुल्छ । अहिले नाकाबन्दी भारतबाट छैन् । समस्या हामीभित्रै छ । जतिसक्दो चाँडो समाधान गरौं ।
सत्तारुढ दलहरुको उच्च स्तरीय राजनीतिक संयन्त्रको समेत प्रमुख रहेका प्रचण्डले संविधान संशोधन गर्दैमा नाकाबन्दी नखुल्ने कुरा आफूलाई थाहा भएको बताउँदै मधेसको मुख्य माग सीमांकनमा केही न केही सहमति हुने वित्तिकै नाका सूचारु हुने स्पष्ट पारे ।
‘संविधान संशोधन त भयो, तर सीमांकनको कुरा मिलेको थिएन । त्यसैले मलाई चाहीं खुल्छ जस्तो लागेको थिएन । खुलेको पनि छैन् ।’ उनले मधेसी मोर्चासँग थप छलफल र वार्ता गरी सीमांकनमा एकचरणको सहमति गर्नुपर्ने बताए । उनले भने- सीमाकंनको कुरा मिलाउ जति सक्दो चाँडो मिलाउ । नाका आफै खुल्छ ।’
प्रचण्डले सुत्र दिएकै सोमबार अपराह्न मधेसी मोर्चा र तीन दलबीच सकारात्मक वार्ता भएको छ ।
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget