श्रीलंकालार्इ नेपालकाे यस्ताे सन्देस
काठमाण्डाै २१ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीलङ्काको स्वतन्त्रता दिवसको अवसरमा त्यहाँका राष्ट्रपति मैथ्रिपाला सिरिसेनालाई आज एक बधाई सन्देश पठाउनुभएको छ । सन्देशमा राष्ट्रपति भण्डारीले राष्ट्रपति सिरिसेनाको व्यक्तिगत सुस्वास्थ्य, सुखका साथै त्यहाँका जनताको प्रगति र समृद्धिको कामना गर्नुभएको छ ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलङ्काको स्वतन्त्रता दिवसका अवसरमा नेपाली जनता र सरकारका तर्फबाट प्रधानमन्त्री रनिल विक्रमेसिङ्घेलाई बधाई ज्ञापन गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले आज पठाउनुभएको सन्देशमा प्रधानमन्त्री विक्रेमेसिङ्घेको व्यक्तिगत सुस्वास्थ्य, सुखका साथै त्यहाँका जनताको समृद्धि र प्रगतिको कामना गर्नुभएको छ ।
सन्देशमा प्रधानमन्त्री ओलीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझै बढ्दै जाने विश्वास पनि व्यक्त गर्नुभएको छ । रासस
Post a Comment