काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि भारतको अघोषित नाकाबन्दी हट्ने बताएका छन् । एमाले सम्बद्ध अनेरास्ववियुका प्रतिनिधिमण्डलसँग बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले यस्तो जानकारी दिएका हुन् ।
‘शनिबारबाट नाकाबन्दी खुल्छ भन्ने मेरो विश्वास छ । परिस्थिति राम्रो नभए म भारत भ्रमणमा जान्नँ', भेटका क्रममा प्रधानमन्त्रीले व्यक्त गरेको भनाइ उद्धृत गर्दै एमाले सभासद् रवीन्द्र अधिकारीले भने ।
प्रधानमन्त्री ओलीले यसअघि पनि मिति तोकेर नाकाबन्दी खुल्ने बताएका थिए । तर उनले आफ्नो भारत भ्रमणको पूर्वसर्तजस्तै गरी नाकाबन्दी हटनुपर्ने बताउँदै आएका छन् । प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी गर्न अर्थमन्त्री विष्णु पौडेल भारत भ्रमणमा जाँदैछन् ।
Post a Comment