भारत जान लागेका प्रधानमन्त्रीलाई नयाँ शक्तिको ६ सुझाव

६ फागुन, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले भारत भ्रमणका क्रममा दिर्घकालीन महत्वका कुनै सन्धी सम्झौता नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको छ ।
नयाँ शक्तिको अन्तर्राष्ट्रिय विभाग संयोजक नवराज सुवेदीले प्रधानमन्त्रीको भारत भ्रमणबारे नयाँ शक्ति नेपालको ध्यानाकषर्ण भएको बताएका छन् । पछिल्लो समय नेपाल र भारतको सम्वन्ध असहज भएको र नेपालले आपूर्तिमा समस्या झेल्नु परेको भन्दै उनले प्रधानमन्त्रीको भ्रमण दुई देशको सम्बन्ध सुमधुर बनाउन सफल हुने विश्वास व्यक्ति गरेका छन् ।
१. विगतमा दुवै मुलुकबीच भएका व्यापार र पारवहन सन्धिका उद्देश्यप्रति प्रतिबद्धरहँदै व्यापारिक वस्तुको ढुवानीमा दुवै सरकारले कुनै अवरोध नगर्ने स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने ।
२. व्यापार घाटा कम गर्नकालागि निर्यात कुण्ठितगर्ने उद्देश्यबाट लगाईएका सबै गैरमहसुल अवरोधहरु हटाईनुपर्ने ।
३. समग्र दक्षिण एसियामै पर्यावरण सन्तुलन खलबलिएको र त्यसबाट प्राकृतिक र मानवीय विनासका दुरगामी परिणामहरु निम्तिएको अवस्थामा हिमपर्वतहरुको संरक्षणगर्नु यो क्षेत्रकै लागि अहं महत्वको बिषय हो । त्यसदिशामा लगानीगर्ने बिशेष दायित्व भारतको हो भन्ने प्रष्ट गर्ने ।
४. दुवै मुलुकबीच ऐतिहासिक, भाषिक, सांस्कृतिक र पारिवारिक सम्बन्धहरु छन् । तिनको महत्वलाई आत्मसात गर्दै ती सम्बन्धलाई एक देशले अर्को देशमा रहेका खास समुदाय वा बासिन्दालाई निश्चित मुलका भनी पक्षपोषण वा पक्षपात नगर्ने अर्थमा मात्र लिईनुपर्छ भन्ने प्रष्ट गर्नुपर्ने ।
५. १९५० लगायतका दुईपक्षीय सन्धी सम्झौताहरुलाई दुबै देशका हितमा पुनरावलोकन गर्नको लागि तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भट्टराईकाे कार्यकालमा प्रस्ताव गरिएका विषयहरुलाई कार्यान्वयन गर्ने ।
६. नेपालको राष्ट्रिय हितलाई असरपर्नेगरी तत्कालीन वा दिर्घकालीन महत्वका कुनै सन्धि सम्झौताहरु हुन नहुने ।
onlinekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget