पुष्प दुलाल
६ फागुन, काठमाडौं । बुधबारमात्रै बैबाहिक बन्धनमा बाँधिएको एक पत्रकारको जोडी बिहीबार साँझ ग्लोब बैंकको एटीएममा करिब आधाघन्टा थुनिएको छ । नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार अजित अधिकारी श्रीमति अनिता थापासहित ग्लोबल बैंकको न्यूरोडस्थित एटीएमममा थुनिएका हुन् ।
भैंसेपाटी बस्दैआएका अधिकारी नबदम्पती दुलही पुर्याउने सर-सामान किन्न बिहीबार साँझ न्यूरोड गएका थिए । सामान किन्दा-किन्दै पैसा अपुग भएपछि अधिकारी दम्पती साढे ७ बजे एटीएम छिरेका थिए ।
जब एटीएमले पैसा दिएन अनि चिन्तित हुँदै अधिकारी दम्पतीले गोजीमा भएको रकम गन्न थाले ।
त्यही बेला अर्को संकट अाइलाग्यो । उनीहरू एटीएमभित्रै रहेका बेला बैंकका पालेले सटर बन्द गरिदिए ।
‘शुक्रबार दुलही फर्काउने सामान किन्न न्यूरोड गएको थिएँ । पैसा सकियो र एटीएम छिरेँ । एटीएमले पैसा दिएन । अनि टेन्सन भएर गोजीमा भएको पैसा गन्न थालेँ । १ मिनेटजति अलमलिएका थियौं,’ अधिकारीले भने- ‘ तर, बैंकका पालेले एटीएमको सटर लगाइहाले र हामी आधाघन्टा थुनियौं ।’
एटीएमभित्र थुनिएपछि आफूहरु निकै अतालिएको उनले सुनाए । ‘निकै तातो हुँदो रहेछ, शास फेर्न पनि निकै गाह्रो भयो’ उनले भने- ‘हाम्रो डरको सीमा नै रहेन ।’
थुनिएकै अवस्थामा अधिकारीले बैंकका अध्यक्ष चन्द्र ढकाललाई फोन गरे तर ढकालले फोन उठाएनन् । फोन नउठेपछि उनले म्यासेज पठाए तर म्यासेजको रेस्पोन्स पनि नआएको अधिकारीले सुनाए ।
‘बैंकका अध्यक्षले रेस्पोन्स नगरेपछि प्रहरीलाई फोन गरेँ, प्रहरीले तुरुन्तै आएर हाम्रो उद्दार गर्यो नत्र रातभर एटीएममै थुनिनुपर्थ्यो,’ उनले भने ।
अधिकारीले बैंकका अध्यक्ष ढकाल र प्रहीलार्इ फोन गरिरहँदा अनिता भने एटीएको ढोका बेस्मारी ढक्ढक्याइरहिन्, तर पिन पालेले ढोका खोलिदिएनन् । पालेको लापरबाहीले आफूहरु थुनिनुपरेको उनीहरूले बताए ।
‘एटीएमभित्र मान्छे छिरेको छ कि छैन भनेर नहेर बैंकका पाललेले सटर बन्द गर्न मिल्छ ?’ अधिकारीको प्रश्न गरे ।
आफू ०६४ सालदेखि यो बैंकको नियमित ग्राहक भएको तर पछिल्ला केही वर्षहरुमा बैंकको एटीएममा धेरै समस्या आउने गरेको उनले सुनाए ।
‘जहाँको एटीएम छिरेपनि यो बैंकको एटीएममा जहिल्यै केही न केही समस्या हुन्छ’ अधिकारीले प्रश्न गरे- ‘अत्यावश्यक सेवा क्षेत्रमा मानिएको बैंकिङ क्षेत्रले यस्तो लापरबाही गर्न मिल्छ ?
भारतीय नाकान्दीका कारण इन्धनको अभाव देखाउँदै बैंकहरूले सेवामा व्यापक कटाैती गर्दा सेवाग्राहीले पीडा भोग्दै अाएका छन् । बैंकिंगजस्तो अत्यावश्यक सेवा क्षेत्र सञ्चालन गर्नेहरूले मानवीय संवेदना नबुझ्दा अधिकारी दम्पतीले झैं ग्राहकहरूले दुख पाइरहेको लुकाएर लुक्ने अवस्था छैन ।
‘पहिलो प्रश्न बैंकका अध्यक्षा र प्रमुख कार्यकारीअ अधिकृतलार्इ ग्राहक थुन्ने कर्मचारीलार्इ बैंकले कारवाही गर्छ कि गर्दैन ? दोस्रो प्रश्न नेपाल राष्ट्र बैंकका गभर्नरलार्इ यस्तो सेवा दिने बैंकलार्इ राष्ट्र बैंकले के गर्छ ?’ अधिकारको प्रश्न छ ।
onlinekhabar
Post a Comment