भारतसँग भिड्न नेपाली खेलाडी 'आतुर'

काठमाडाैं, फागुन ३
साग फुटबलमा नेपाल आज उपाधिका लागि  भारतसँग भिड्दैछ। खेलाडीहरु बिहानीको प्रशिक्षणसँगै अहिले होटलमा आराम गरिरहेका छन्।  होटलमा खेलाडीहरु आराम गर्न भन्दा पनि कत्ति खेर मैदानमा उत्रिने हो भन्दै निकै आतुर देखिएका छन्।

खेलाडी अन्जन विष्टले आराम भन्दा पनि भारतविरुद्धको खेलका लागि मैदानमा उत्रन आतुर भएको सेतोपाटीसँग बताए।

अर्का खेलाडी सुनिल बल तामाङले पनि फाइनल भिडन्त निकै रोमान्चक हुने भन्दै आफूहरु खेलको पर्खाइमा बसेको बताए।

खेलाडी रन्जन विष्टले भारतलाई हराउन आफूहरुले निकै मिहनेतका साथ  खेल्ने बताए। भारतलाई घरेलु मैदानमा हराउनु आफ्नो पनि सपना रहेको उनले सुनाए। भारत र नेपालबीचको फाइनल भिडन्त सोमबार साँझ सवा ७ बजे इन्दिरा गान्धी रंगशालामा  हुँदैछ।
  (सेतोपाटी)
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget