ओलीले भारतलाई यसरी वेबकुफ बनाए
प्रधानमन्त्री केपी ओलीले मेधसी मोर्चाको सहभागीता विना नै उच्च स्तरीय राजनीतिक सयन्त्र गठन गरेर भारतलाई वेबकुफ बनाएको मोर्चाले निष्कर्ष निकालेको छ । छ महिनासम्म मधेसको माग पूरा गर्न तयार नभएका ओलीले भारत जानु अघि रातारात सयन्त्र गठन गरेर भारतलाई उल्लु बनाउने काम गरेको मोर्चाले बताएको हो ।
सीमाकंनको गाँठो फुकाउनका लागि प्रमुख तीन दल र मेधसी मोर्चाका बीचमा झण्डै चालिस पटक भन्दा बढी औपचारिक वार्ता भएपनि निकास निस्कन सकेन । शीर्ष तहमा कुरा नमिलेपछि तीन दल र मोर्चाका नेताहरु सहभागी कार्यदलले सहमति जुटाउने प्रयास गरेको थियो । कार्यदलमा सीमाकंनको टुंगो लगाउन रानजीतिक सयन्त्र गठन गर्ने सहमति भएपनि कार्यक्षेत्र र वैधानिकताको बारेमा कुरा मिल्न सकेको थिएन।
ओली भारत जाने, प्रचण्डले सरकारको समिक्षा गर्ने
कार्यदलमा अन्तिम समयसम्ममा पनि सहमति जुटन नसकेपछि सरकारले उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा ११ सदस्य राजनीतिक सयन्त्र गठन गरेको छ । सरकारले सयन्त्र गठन गरेपछि मोर्चा झन रुष्ट भएको छ ।
भारत भ्रमणः ओली र कमल थापाको टकराव
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले सयन्त्र गठन नभई अर्को षडयन्त्र सुरु गरेको बताए । उनले भने,‘प्रधामन्त्री ओलीजी जे मन लाग्छ गरिहाल्नु हुन्छ, हाम्रो सहमति नै थिएन संविधान संशोधन गर्न तम्सिनु भो, सयन्त्रमा हाम्रो सहभागीता नै छैन गठन गरिदिनु भो ।’ उनले सयन्त्र गठन गरेर भारतलाई वेबकुफ बनाउने काम गरेको बताउंदै यस्तौ नौटंकीले मधेसको आन्दोलन सम्बोधन नहुने बताए । ‘सयन्त्र गठन गरेर भारत खुसी हुँदैन, छ महिनाको बीचमा भारतले सबै कुरा बुझेको छ, सरकारले भारतलाई खुसी पार्न खोज्दा झन चिप्लयो ।’
ओलीको आठ टुक्काःनिदाएको बेला किन खुट्टा बोकाइस ?
सयन्त्र गठन भएसंगै मोर्चाका तर्फबाट कार्यदलमा सहभागी नेताहरुले पनि कार्य दलबाट अलग भएको घोषणा गर्ने तयारी गरेका छन् । यस विषयमा मोर्चाको धारणा बनाउनको लागि मोर्चाका शीर्ष नेताहरुबीच अनौपचारिक छलफल गरेर केही दिनमा नै बैठक बस्ने महतोले बताए ।
nepaliheadlines
Post a Comment