नाटकीय र रोमाञ्चक खेलमा नेपालले परिचित प्रतिद्धन्द्धी माल्द्धिभ्सलाई पन्छाउदै १२ औं साग खेलकुदको फुटबल तर्फको उपाधिको नजिक उभिएको छ । नेपाली महिला टोलीले देखाएको बाटो समाउदै पुरुष फुटबल टोली पनि आयोजक भारत विरुद्ध फाइनलमा उभिएको छ । जीतमा उदियमान स्ट्राइकर नवयुग श्रेष्ठ फेरी एकपटक नायक बने ।
भारतमा जारी १२ औं साग खेलकूद अन्तर्गत शनिबार राति भएको सेमिफाइनल खेलमा नेपालले माल्द्धिभ्सको चुनौती तीनका विरुद्ध चार गोलले पन्छाउदै फाइनलमा उत्रिएको हो । फाइनलमा पु¥याउँन नवयुग श्रेष्ठले अविस्मरणीय ह्याट्रिकको योगदान गरे । भारतको गुहावाटीमा भएको खेलमा माल्दिभ्सलाई ४–३ ले पराजित गर्दै नेपाल १७ वर्षपछि साग फुटबलको फाइनलमा पुग्न सफल भएको छ ।
खेलको १५ औ मिनेटमा अन्जन विष्टले खोलको खाता खोल्दा नवयुग श्रेष्ठले ३६ मिनेटमा एक गोल थप्दै अग्रतालाई दोब्बर बनाएका थिए । दोस्रो हाफमा खेलको ५२ औ मिनेटमा माल्दिभ्सका मोहम्मद हम्जा र अमेद नासिलले ८६ औ मिनेटमा गोल गरेर खेललाई दुई दुई गोलको बराबरी उभ्याएपछि खेल अतिरिक्त समय तर्फ धकेलिएको थियो । थपिएको समयमा माल्द्धिभ्सले अग्रता लिएपनि नवयुग श्रेष्ठले थप दुई गोल गरी ह्याट्रिक पुरा गर्दा नेपालले चार तीन गोलको रोमाञ्चक जीत हात पादै स्वर्ण पदको लागि दाबेदारी प्रस्तुत ग¥यो ।
खेलको ५५ औं मिनेटमा दोहोरो यल्लो कार्ड खादै कमल श्रेष्ठ वाहिरिएपछि १० खेलाडीमा सीमित भएको नेपालले निकै दबाबमा लामो समय खेल्नु परेको थियो । शनिवारै भएको अर्को सेमिफाइनल खेलमा बंगलादेशलाई ३–० ले हराउँदै आयोजक भारतले पनि फाइनल भिडन्त तय गरेको छ । नेपालले समुह चरणमा भुटानलाई पाँच शुन्य र बङगलादेशलाई दुई एक गोल अन्त्रले पराजित गरेको थियो ।
.news24nepal
Post a Comment