राजु ७२ रनमा पेभेलियन फर्कँदा नेपाललाई पाँचौ झड्का लागेको थियो ।
नेपालका ओपनरहरु आजको खेलमा पनि जम्न सकेनन् । सन्दीप सुनुवार ७ र योगेन्द्र कार्की १ रनमै आउट भए । उनीहरु सस्तैमा आउट हुँदा ढाकास्थित शेरवंगला रंगशालामा रहेका नेपाली दर्शक स्तब्ध भएका थिए।
नेपालका लागि सुनिल धमलाले २५ र आरिफ शेखले २१ रन जोड्दै आउट भए । राजवीर सिंह ९ रनमा अउट हुँदा नेपाललाई छैठौँ झड्का लाग्यो ।
टस जितेर पहिलो व्याटिङमा उत्रिएको नेपालले खराब सुरुवात गरे पनि अहिले सम्हालिएर खेलिरहेको छ ।
annapurnapost
Post a Comment