प्रधानमन्त्री ओली आज भारत जाँदै

काठमाडौं, फागुन ७ । प्रधानमन्त्री केपी शर्मा ओली आज भारत भ्रमणमा जाँदैछन् ।
प्रजातन्त्र दिवसका अवसरमा काठमाडौंमा गरिने कार्यक्रमपछि उनी जम्बो टोलीको नेतृत्व गर्दै भारत जान लागेका हुन् ।
प्रधानमन्त्रीको साताव्यापी भ्रमणमा दुई देशबीच विश्वासको वातावरण बनाउन पहल हुने बताइएको छ । प्रधानमन्त्रीको भ्रमणमा टोलीमा सरकारी तथा निजी गरेर एक सयभन्दा बढी सदस्य रहने भएका छन् ।
परराष्ट्र मन्त्रालयले भारतलाई दिएको सूचीमा एक सयभन्दा बढीको नाम समावेश छ । राजनीतिक दलको प्रतिनिधित्व टोलीसहित मुख्य सचिव, परराष्ट्र सचिव, वाणिज्य सचिव, उर्जा सचिव, भौतिक पूर्वाधार तथा यातायात सचिवसमेत द्विपक्षीय वार्ता तथा समझदारीका लागि जाने भएका छन् ।
सरकारी टोलीमा प्रधानमन्त्रीका निजी सहायक, सल्लाहकार तथा एमाले निकट केही पत्रकारसमेत समेटिएका छन् । टोलीमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीसमेत रहेका छन् ।
imagekhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget