भूकम्पपछि चार प्रकारका मानसिक रोगी बढे

काठमाडौं, फागुन ७ । गत बैशाख १२ मा गएको शक्तिशाली भूकम्पपछि नेपालमा चार प्रकारका मानसिक रोगीहरुको संख्या बढेको पाइएको छ। शक्तिशाली भूकम्प र त्यसपछिको लगातार गएका पराकम्पनका कारण डराउने, आत्तिने, निद्रा नलाग्ने तथा डिप्रेसनका रोगी उपचारका लागि अस्पताल आउनेको संख्या बढेको त्रिबि शिक्षण अस्पताल महाराजगन्जका मानसिक स्वास्थ्य विभाग प्रमुख डा. सरोज ओझाले जानकारी दिए।
‘भूकम्पपछि यस्ता रोगीको संख्या बढेपनि तिनीहरुको उपचारको व्यवस्था कसरी गर्ने भन्नेबारे राज्यसँग कुनै रणनीति छैन, मनोचिकित्सक संघका अध्यक्षसमेत रहेका प्रा डा. ओझाले भने, ‘स्वास्थ्य क्षेत्रमाल पर्याप्त बजेटको समेत अभाव छ।’
जापानमा सन् २०११ म गएको शक्तिशाली भूकम्पपछि पनि मानसिक रोगीहरुको संख्या बढेको पाइएको थियो। नेपालमा चेतनाको अभावमा मानसिक स्वास्थ्य समस्या भएकाहरु अस्पताल जान हिच्किचाउने गरेको पाइएको छ। अाजकाे राजधानी दैनिकमा खबर छ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget