स्वर्ण विजेता फुटबल टोलीलाई झापामा भव्य स्वागत्

काँकडभिट्टा, फागुन ५ । २३ वर्षपछि नेपाललाई दक्षिण एसियाली खेलकुद (साग)मा फुटबलको स्वर्ण पदक दिलाएर स्वदेश फर्किएको राष्ट्रिय फुटबल टोलीले बुधबार दिउँसो पूर्वी प्रवेशद्वार काँकडभिट्टामा भव्य स्वागत् तथा सम्मान पाएको छ ।

भारतको गुवाहाटीबाट सोझै नेपाल प्रवेशद्वार आएका विजेता फुटबल खेलाडी र प्रशिक्षकलाई मेची पुलदेखि नै हजारौं झापाली खेलप्रेमीले जयजयकार गर्दै काँकडभिट्टा बजारसम्म ल्याएका थिए ।

राष्ट्रिय झन्डासहित स्वागत्का लागि उपस्थित खेलप्रेमीहरूले नेपालको इज्जत बढाएको भन्दै पंक्तिबद्ध भएर खेलाडीलाई फूलको माला र खादा पहिर्‍याउँदै अबीर लगाएर नागरिक अभिनन्दन गरे ।

नेपाली फुटबल टोलीले गुवाहाटीमा फागुन ३ गते सम्पन्न फाइनल खेलमा बलियो प्रतिस्पर्धी भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपाललाई स्वर्ण पदक दिलाएको थियो ।

फुटबल टोलीमा रहेका चर्चित फुटबल खेलाडी नवयुग श्रेष्ठ र प्रशिक्षक राजुकाजी शाक्यलाई खेलप्रेमीहरूले अपार श्रद्धा दर्शाएका छन् ।

स्वदेश फर्किएको नेपाली फुटबल टोलीको स्वागत् तथा अभिनन्दनका लागि झापा जिल्ला खेलकुद विकास समितिले झापाबासी खेलप्रेमीलाई आह्वान गरेको थियो ।

गलाभरी माला र खादा पहिरिएका, अबीरले राताम्य नेपाली खेलाडीलाई अगाडि लगाएर र्‍याली निकाल्दा कुनै ठूलो युद्ध जितेर फर्केका योद्धाको सम्मान गरिएकोझैं दृश्य देखिएको थियो ।

झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले नेपाली फुटबल खेलाडीले भूकम्प, नाकाबन्दी र राजनीतिक द्वन्द्वले लामो अवधिदेखि थोपरेको पीडा भुलाउने गरी इतिहास रच्ने खुसी दिलाएको भन्दै खेलाडीको मेहनत र योगदानको प्रशंसा गरेका छन् । रासस
imagekhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget