अब २५१ रुपैयाँमै स्मार्टफोन !

एजेन्सी: भाततीय स्मार्टफोन उत्पादन कम्पनी रिङ्गिङ बेलले विश्वकै सबैभन्दा सस्तो स्मार्टफोन सार्वजनिक गरेको छ। फ्रिडम २५१ नाम दिइएको उक्त स्मार्ट फोनको मूल्‍य जम्मा २५१ भारतीय रुपैयाँ रहेको कम्पानीले जनाएको छ।

सबैभन्दा सस्तो भनिएको उक्त स्मारट फोन कम्पनीको वेबसाइट freedom251.com बाट खरिद गर्न सकिनेछ। यसका लागि फेब्रुअरी १८ देखि बुकिङ खुल्ला गरिने कम्पनीले जनाएको छ।


सस्तो मूल्य दाबी गरिएको फ्रिडम २५१ मा ४ इन्चको क्यूएचडी डिस्प्ले, ९६०x५४० रेजुलेशन रहेको छ। १.३ गिगाहर्जको क्वार्डकोर प्रोसेसर रहेको यो स्मार्ट फोनमा सरल र सहजरुपमा प्रयोग गर्न सकिने कम्पनीले दाबी गरेको छ।

५.१ एन्ड्रोइड ललिपप अपरेटिङ सिस्टम रहेको स्मार्टफोनमा १ जीबीको र्याम र ८ जीबी इन्टर मेमोरी रहेको छ, जसलाई माइक्रो एसडी कार्ड प्रयोग गरेर ३२ जीबीसम्म बढाउन सकिनेछ। तर यस्ता सुविधाहरु प्राप्त गर्न प्रयोगकर्ताले ५ हजारभन्दा बढी रकम तिर्नुपर्ने हुन्छ।

यसका साथै यो स्मार्टफोनमा ३.२ मेगापिक्सेको रियर क्यामरा र ०.३मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ भने अध्याँरोमा समेत फोटो खिच्न मिल्ने गरी फ्ल्यास सुबिधा उपलब्ध छ।

फ्रिडम २५१मा थ्रीजी इन्टरनेट सेवा लिन सकिनेछ। यस्तो सस्तो फोनमा महिला, किसान, माछा मार्ने तथा सर्वसाधारण प्रयोगकर्ताका लागि आवश्‍यक आवश्यक पर्ने एप्सहरु राखिएको छ।

यस्तै चर्चित सामाजिक सञ्जालहरु फेसबुक,युट्यूब, ह्‍वाट्‌स एप जस्ता एपहरु रहेको फोनमा गुगल प्लेस्टोरबाट आफूलाई आवश्यक परेको बेला डाउनलोड गरी प्रयोग गर्न सकिनेछ।

एक पटक चार्ज गरिसकेकपछि दिनभरिका लागि चल्ने पावरफुल १,४५० एमएएच ब्याट्री जडान गरिएको यो स्मार्ट फोनमा कम्पनीले एक वर्षको वारेन्टी दिएको छ।
annapurnapost

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget