शाहरुखलाई २८ वर्षपछि ग्रयाजुएशन डिग्री लिँदा विद्यार्थीले किन लगाए 'गो ब्याक' को नारा !

, ५ फागुन, शाहरुख खानले २८ वर्षपछि ग्रयाजुएशन डिग्रीको सर्टिफिकेट लिएका छन् । सन् १९८८ मा नयाँ दिल्ली स्थित हंसराज कलेजबाट अर्थशास्त्रमा ग्रयाजुएशन गरे पनि सर्टिफिकेट भने अहिले मात्रै लिएका हुन् । सर्टिफिकेट लिन मंगलबार कलेज पुगेका शाहरुख विरुद्ध त्यहाँका विद्यार्थीहरुले विरोध गर्दै 'गो ब्याक शाहरुख' को नारा लगाएका छन् । आउने फिल्मको गीत रिलिज गर्न समेत कलेजमा पुगेका शाहरुखलाई एबीवीपीका विद्यार्थीले विरोध गरेका हुन् ।

कलेजमा पुगेका शाहरुखले त्यहाँ आफ्ना पुराना दिनको याद गरेका थिए । सोही वखत एक विद्यार्थीले उनी विरुद्ध नारा लगाउन थालेपछि विरोध गर्नेको विद्यार्थीको जमात बढेको थियो । विरोधमा उत्रिएका ४ विद्यार्थीलाई प्रहरीले पक्राउ पनि गरेको र दिनभर हिरासतमा राखेर उनीहरुलाई रिहा गरिएको थियो ।

किन लगाए शाहरुख विरुद्ध विद्यार्थीले 'गो ब्याक' को नारा
अघिल्लो वर्ष नोभेम्बरमा आफ्नो ५० औँ वर्थडे मनाउँदै गर्दा शाहरुखले एक अभिव्यक्ति दिएका थिए । जुन अभिव्यक्ति उनको विरोधको कारण बन्यो कलेजमा । त्यति बेला उनले भनेका थिए– 'देशमा कट्टरपन्थी भावनाको तिब्ररुपमा बृद्धि भइरहेको छ । जसले मान्छेको सहनसिलता हराउँदै गएको छ । यस्तै विषयमा मलाई पनि दबाव दिने हो भने मैले पाएका सबै अवार्डहरु फिर्ता गर्न सक्छु ।' उनको यही अभिव्यक्तिको विरोध विद्यार्थीले गरेका हुन् । शाहरुखले आमिर खानलाई संकेत गर्दै यो भनाई प्रस्तुत गरेको बुझिन्छ । तर यता राजनीतिक पार्टी आवद्ध विद्यार्थी संगठनले त्यसैलाई इस्यू बनाएर विरोध गरेको थियो ।
aajakokhabar

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget