मधेस आन्दोलनमा ५८ को ज्यान गयो

काठमाडौं: मुलुकमा नयाँ संविधान जारी भइसकेपछि सङ्घीय प्रदेशलगायतका विषय असहमति जनाउँदै सुरू भएको मधेस आन्दोलनका क्रममा सुरक्षाकर्मी, आन्दोलनकारी र सर्वसाधारण गरी हालसम्म ५८ जनाको मृत्यु भएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयले आयोजना गरेको प्रवक्ता–पत्रकार भेटघाटका क्रममा गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता यादवप्रसाद कोइरालाले आन्दोलनका क्रममा सुरक्षाकर्मी ११, आन्दोलनकारी र सर्वसाधारण ४७ गरी ५८ जनाको मृत्यु भएको जानकारी दिए ।

कैलाली जिल्लाको टीकापुरमा हात हतियारसहितका प्रदर्शनकारीबाट सुरक्षाकर्मीको निर्मम हत्या गर्ने गरी भएको हिंसात्मक घटनाको सम्बन्धमा छानबिन गर्न गठित समितिले आफ्नो कार्य सम्पन्न गरिसकेको समेत प्रवक्ता कोइरालाले जानकारी दिए।

मन्त्रालयका अनुसार आपूर्ति व्यवस्थामा भएको अवरोध हटाई त्यसलाई सहज तुल्याउन मुख्यमुख्य राजमार्ग र जिल्ला सदरमुकाम जोड्ने सहायक मार्गमा निर्वाधरूपले सञ्चालन हुने व्यवस्थापनका लागि सुरक्षा निकायबाट स्कटिङलगायतको आवश्यक सुरक्षा व्यवस्था गरिएको छ ।

त्यसैगरी मन्त्रालयले हालको सङ्क्रमणकालीन अवस्थालाई मध्यनजर गर्दै अत्यावश्यक वस्तुको कालोबजारी नियन्त्रण तथा सीमा क्षेत्रबाट हुनसक्ने नियन्त्रणको लागि सम्बद्ध निकायसँगको समन्वयमा आवश्यक कार्य भइरहेको छ ।

सुरक्षित समाजको अवधारणाअनुसार सिसिटिभी जडान तथा सञ्चालन कार्यविधि–२०७२ र युएभी उडान (मानवविहीन हवाइजहाज अथवा ड्रोन) कार्यविधि, २०७२ स्वीकृति गरी कार्यान्वयनमा ल्याइएको प्रवक्ता कोइरालाले बताए ।
annapurnapos

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget