पाँचथरमा हात्तिपाइले रोग संक्रमितको संख्यामा वृद्दि

 पाँचथरमा हात्तिपाइले रोग संक्रमितको संख्यामा वृद्दि
जितेन्द्र भण्डारी / पाँचथर, २१ माघ –  पछिल्लो समय पाँचथर जिल्लामा हात्तिपाइले रोग संक्रमितको संख्यामा वृद्दि हुन थालेको छ । केहि वर्ष अघि सम्म दुई चार जनामा फाटफुट हात्तिपाइलेको संक्रमण देखिएपनि अहिले भने जिल्लामा ८० जना हात्तिपाइले रोगको संक्रमित रहेको भेटिएको छ ।
स्वास्थ्य चेकजाँचका क्रममा उनीहरुमा हात्तिपाइले रोगको संक्रिमित रहेको पाइएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ । पोथी लामखुट्टेको टोकाइबाट सर्ने हात्तिपाइले रोगबाट बच्न औषधी पनि खुवाइदै आएको हात्तिपाईले रोग कार्यक्रमका फोकल पर्सन उमेश मेहताले बताउनुभयो ।
उहाँका अनुहार संक्रमितहरुमा स्तन,गुप्ताङ्ग र अण्डकोष सुन्निएको समस्या देखिएको छ । अहिले जिल्लामा हात्तिपाइले रोग सम्वन्धी सरोकारवाला निकायहरु सित छलफल अन्र्तक्रिया तथा सचेतनामूलका कार्यक्रम गरिँदै आएको फोकल पर्सन मेहताले वताउनुभयो ।
purbelinews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget