नयाँदिल्लीमा प्रधानमन्त्री ओली र मोदीको संयुक्त पत्रकार सम्मेलन

काठमाडौं, फागुन ८ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार भेटवार्ता भएको छ ।

नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भएको भेटवार्तामा द्धिपक्षीय हितका विषयमा कुराकानी भएको छ । अहिले ओली र मोदीले संयुक्त पत्रकार सम्मेलन गर्ने गरिरहेका छन् ।

नेपाललाई लगाइएको नाकाबन्दीका सन्दर्भमा सार्वजनिकरुपमा केही नबोलेका मोदीले पत्रकार सम्मेलनमा के जवाफ दिनुहोला भन्ने चासो देखिएको छ ।

नेपाल र भारतबीच हुलाकी राजमार्ग, भूकम्पपछिको पुनःनिर्माणका लागि भारतले दिने भनेको एक अर्ब डलर अनुदान र ऋण सहायताको कार्यसूची तथा मोदी नेपाल आउँदा घोषणा गरेको अर्को एक अर्ब डलरको उपयोगबारेमा सम्झौता हुने बताइएको छ ।
imagekhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget