माथिल्लो कर्णाली सरोकार समितिले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उहाँले मुलुककै सबैभन्दा सस्तो आयोजना विदेशीलाई दिने प्रवृत्ति नै गलत भएको बताउनुभयो ।
उपप्रधानमन्त्री केसीले प्रतियुनिट लागत रु दुईभन्दा कम लगानीमा निर्माण हुने आयोजना विदेशीलाई दिएर मुलुकको साधन र स्रोतमाथि गलत काम गरिएको विचार व्यक्त गर्दै नेपाली साधन र स्रोत नै प्रयोग गरेर आयोजना अगाडि बढाउन सकिने बताउनुभयो ।
कुल ९०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित बोर्डले भारतीय कम्पनी जिएमआरसँग सम्झौता गरेको छ । ऊर्जा क्षेत्रका जानकारले सो आयोजनाबाट चार हजार ४०० मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने जनाउँदै आएका छन् ।
समितिका अध्यक्ष भरतबहादुर शाहीले सुलभ साधन र स्रोतको उपयोग नेपाली नै गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका वक्ताहरुले भारतीय कम्पनी जिएमआरलाई फिर्ता पठाउन माग गरेका छन् । रासस
dainiknepal
Post a Comment