सीके राउतलाई मधेस छाड्न मोर्चाको चेतावनी, कुनैहालतमा मधेस टुक्राउन नदिने


 काठमाडौं, १८ माघ । सद्भावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले सिके राउतको मुलुक विखण्डन गर्ने दिवा स्पप्न कुनै पनि हालतमा पुरा नहुने दावी गर्दै आफूहरु विखण्डनको पक्षमा नरहेको बताए ।
रिपोर्टर्स क्लब नेपालको कार्यक्रममा उनले भने– ‘सीके राउ र हामीमा फरक छ । हामी विखण्डनको पक्षमा छैनौ । विखण्डनवादीलाई मधेसमा बस्ने कुनै अधिकार छैन् ।’
कर्णले सरकारको अलोकतान्त्रिक चरित्रका कारण आफूहरु मधेसमा जारी आन्दोलन लामो समयसम्म जाने निष्कर्समा पुगेको भन्दै अब लामो समयसम्म चल्ने आन्दोलनलाई कसरी ब्यवस्थापन गर्ने भन्ने छलफलमा आफूहरु रहेको बताए ।
उनले भने– ‘भोली वा पर्सिसम्ममा मधेसी मोर्चाको बैठक बसेर नयाँ कार्यक्रम घोषणा हुन्छ । सबै नाका रोक्ने वा नाका छाडेर बाटोमा जाने वा बाटो छाडेर गाँउ छिर्ने भन्ने विकल्पमा छलफल हुन्छ ।’
कर्णले मधेसमा आन्दोलनरत विभिन्न समूहलाई समेटेर महागठबन्धन निर्माण गर्ने विषयमा छलफल भईरहेको भन्दै आगामि मोर्चाको बैठकबाट त्यसको स्वरुप तय हुने दावी गरे ।
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget