५ फागुन, काठमाडौं ।
हास्य कलाकार दिपकराज गिरीले नेपाललाई जिताउन प्रशिक्षक राजु साक्यले मुख्य भूमिका खेलेको भन्दै प्रशंसा गरेका छन् ।
विमानस्थलमा सागमा स्वर्ण जितेको टिमलाई स्वागत गर्न पुगेका दीपकराज गिरी र दीपा श्री निरौलाले सेल्फी तस्विर खिचेर सामाजिक सञ्जालमा शेयर गरेका छन् ।
गिरीले फेसबुकमा लेखेका छन्, “युद्द सैनिकले जित्ने हो, तर जीतको प्रमुख आधार युद्द नीति तैयार गर्ने ब्यक्तिले नै गर्छ , हाम्रा सफल कोच राजू शाक्य… बधाइ”
सोमबार भारतको गुवाहाटीस्थित इन्दिरा गान्धी रंगशालामा भारतलाई पराजित गर्दै नेपाल २३ वर्षपछि दक्षिण एसियाली खेलकुद (साग) फुटबलको च्याम्पियन भएको थियो ।
२३ वर्ष अघि आफू कप्तान रहेको टिमले भारतलाई हराएको समयमा उनले भारतीय मैदानमा भारतलाई हराउने इच्छा ब्यक्त गरेका थिए । राजुको प्रशिक्षणमै नेपाली टिमले १ महिना भित्र २ अन्तराष्ट्रिय प्रतियोगिता जितिसकेको छ । headlines
Post a Comment