भारतले बल्ल गर्‍यो संविधानको स्वागत

फाल्गुन ८, २०७२- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दशकौंको संघर्षपछि नेपालमा जारी संविधान एक महत्वपूर्ण सफलता भएको बताएका छन् । उनले नेपालको संविधानको प्रशंसा गर्दै भने, 'पछिल्लो वर्षहरुमा नेपालले लोकतन्त्र र संघीयतामा प्रशंसनीय सफलता हात पारेको छ ।'

संविधान जारी भएपछि नेपालले भारतीय नाकाबन्दी खेप्नु परेको थियो । नेपालमा संविधान जारी भएपछि त्यसलाई स्वागत नगरी संविधान जारी भएको बारे जानकारी भएको मात्र विज्ञप्ती  निकालेको थियो । सबैलाई समेट्न आग्रह गर्दै आएको भारतले अहिले पनि सबैलाई समेट्न भन्न छोडेको छैन ।
दिल्लीमा रहेका प्रधानमन्त्री केपीशर्मा ओलीसँगको वार्ता र दुई पक्षीय सम्झौतामा हस्ताक्षरपछि आफ्नो मनतव्यमा मोदीले भारतले लगाएको नाकाबन्दी र नेपाल भारत सम्वन्धको चिसोपनालाई कतै उल्लेख नगरी  संविधानसँग जोडिएका सबै मुद्दालाई सन्तोषजनक निवारण गर्न आग्रह गरेका छन् ।
दुई देशबीच यसअघि नै अघि बढाउने भनिएका तर विविध कारणले ढिलाई भएका विभिन्न सातवटा सम्झौताको हस्ताक्षर पछि आयोजित संयुक्त पत्रकार समारोहमा मोदीले संविधान घोषणालाई महत्वपूर्ण सफलता समेत भनेका छन् । भारतले संविधान जारी गरेलगत्तै स्वागत गरेको थिएन तर तीन साता अघि संसोधन भए लगत्तै संसोधनको भनेे स्वागत गरेको थियो ।

सहमति र संवादमा नै संविधानको सफलता निर्भर रहने जानकारी उनले दिए । सोही सिद्धान्तको आधारमा राजनीतिक वार्तालापको माध्यमबाट सबै वर्गलाई साथ लिएर सरकार र ठूला दलहरु अघि बढ्नेमा समेत उनले जोड दिए । नेपालको संविधानसँग जोडिएका सबै मुद्दाको सन्तोषजकन निवारण गरेर नेपाललाई प्रगति र स्थिरताको बाटोमा लैजाने विश्वास भारतलाई रहेको बताए ।

दशकौको संघर्षपछि नेपालको संविधानको रचना र उसको घोषणा एक महत्वपूर्ण सफलता हो भन्दै मोदीले भने, 'संविधान निर्माण समाजको सबै वर्गको योगदानको अभिनन्दन गर्न चाहन्छु ।' मोदीले हिन्दीमा नै आफ्नो धारणा राखेका थिए ।

नेपालको राजनीतिक स्थायीत्व, आर्थिक उन्नती, विकास तथा सम्पन्नता नै भारतको स्थायी रुची भएको मोदीले बताए । नेपाल र भारतबीच थप दुईवटा ट्रान्जिट प्वाइन्ट खोल्ने विषयमा भएको सहमतिले दुवै देशको विकास प्रक्रियालाई सहयोग पुग्ने उनले उल्लेख गरे । मोदीले आफ्नो मन्तव्यमा  नेपालमो जलस्रोतको उपयोग गरेर नेपालको सबै पक्षमा उज्यालो र भारतको उर्जा अभावलाई पूरा गर्न सक्नेभन्दै विकास प्रक्रियामा मिलेर काम गर्न सकिने कुरा भन्न छुटाएनन् । उनले गतवर्षको नेपाल भ्रमणमा पनि त्यस कुरामा जोड दिएका थिए ।


भुकम्प पछि भारतले नेपाललाई दिएको सहयोगको समेत उनले स्मरण गरे । नेपालमा भुकम्प लगत्तै उद्धारमा भारतीय सेना नेपाल आएका थिए । यसमा मोदीले विशेष चासो समेत देखाएका थिए । मोदीले यसलाई भारतकोको पीडाको रुपमा समेत राखे । र सहयोगको उचित प्रयोग अघि बढाउन आग्रह समेत गरेका छन् । मोदीले आतंकबाद नियन्त्रणको लागि नेपाल भारत र  यसक्षेत्रका अन्य मुलुहरु समेतमिलेर काम गर्नपर्ने उल्लेख गरेका छन् ।

मोदीको संवोधन लगत्तै ओलीले गरेको संवोधनमा पनि उनले भारतलाई चिढ्याउने प्रकारको शब्द प्रयोग गरेनन ।ओलीले अंग्रेजी भाषा प्रयोग गरेका थिए । उनले पनि नाकाबन्दीको कुनै शब्द निकालेनन । उनले नेपाल र भारत बीच केही महिना देखि रहेको असझदारी अन्त्य भएको उल्लेख गरे । भारतले नेपालको शान्ति प्रक्रिया र प्रजातन्त्रको सुदृढिकरणको लागि लगातार गरेको सहयोगको उनले प्रशंसा समेत गरे ।

नेपालको विकासमा भारतको साथ र सहयोग रहेको भन्दै अहिले भएका सम्झौताले धेरै काम अघि बढ्ने अवस्थामा रहेको बताए । उनले भारतीय प्रधानमन्त्री मोदीको प्रशंसा गर्दै नेपाल संविधान जारी पछि आर्थिक विकास समृद्धितर्फ लम्केको पनि बताए ।

उनले भारतको द्रुत आर्थिक बृद्धिदरको पनि प्रशंसा गर्दै भारतको सहकार्यमा मिलेर अघि बढ्ने जानकारी दिए । उनले सीमाको सुरक्षाको विषयमा पनि एक अर्काको हित विपरीत प्रयोग हुन नदिने बताए ।
ekantipur

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget